Everest Times

ट्रम्पले जारी गरे, ‘बाइ अमेरिकन, हायर अमेरिकन’ अादेश

वासिङटन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले “बाइ अमेरिकन, हायर अमेरिकन” भन्ने कार्यकारी आदेशमा मङ्गलबार हस्ताक्षर गरेका छन् ।

विस्कन्सिनस्थित एउटा उद्योगको भ्रमणको क्रममा ट्रम्पले हस्ताक्षर गरेको भ्वाइस अफ अमेरका अनलाइनले जनाएकाे छ ।

“यो कार्यबाट हामी विश्वलाई निकै ठुलो सन्देश र संकेत प्रवाह गरेका छौंँ, हामीले हाम्रा कामदारलाई संरक्षण गर्ने छाैं’, हाम्रा जागिरको प्रतिरक्षा गर्ने छाैं र अन्त्यमा अमेरिकीलाई नै प्रथम प्राथमिकतामा राख्ने छौँ,” सयाैं मजदुरहरुको अगाडि कार्यकारी आदेशमा हस्ताक्षर गरेपछि ट्रम्पले भने ।

अहिलेको कार्यकारी आदेशले प्रवेशाज्ञा प्रणालीमा केही प्रभाव पार्ने देखिएको छ । त्यसैगरी बसाइँ सराई प्रणालीका कतिपय त्रुटी सच्याउने अवसरका रुपमा पनि यस आदेशलाई लिइएको छ ।

आदेशमा विशेष दक्षता आवश्यक पर्ने क्षेत्रमा काम गर्ने विदेशीलाई दिइने प्रवेशाज्ञासम्बन्धी कार्यक्रममा समीक्षा गर्ने उल्लेख छ ।

प्रतिकृया दिनुहोस्