Everest Times

अमेरिकाले अफगानिस्तान बम खसाल्यो, ३६ जनाको गयो ज्यान

काठमाडौं । अमेरिकाले  अहिलेसम्मकै सबैभन्दा ठूलो नन न्यूक्लियर बम फगानिस्तानको नागहार प्रान्तमा  खसालेको छ । उक्त बम प्रहारबाट ३६ जना अाइएस अातंककारीको ज्यान गएको अफगान रक्षा मन्त्रालयले जनाएको भ्वाइस अफ अमेरिकाले उल्लेख गरेको छ ।

जीबियू ४३ नाम दिइएको यो बमलाई ‘मदर अफ अल बम्स’को नाम पनि दिइएको छ ।अमेरिकी रक्षा मन्त्रालयले यो बम खसालेको हो ।

अमेरिकी रक्षा मन्त्रालयले विद्रोही समूह स्लामिक स्टेट आइएसको क्षेत्रमा खसालेको बमको तौल ९ हजार ८ सय किलो र यसको लम्बाई ३० फिट भन्दा धेरै भएको खबरमा उल्लेख छ ।

गएको हप्ता अफगानिस्तानमा आइएससँगको लडाइँमा अमेरिकी सैनिकको ज्यान गएपछि यस्तो बम खसालिएको हो । (एजेन्सी)

प्रतिकृया दिनुहोस्