Everest Times

मतदाता नामावली अन्तिम सूची सार्वजनिक, तपाईंको नाम छ कि छैन यहाँबाट हेर्नुहोस्

काठमाडाैं । निर्वाचन अायोगले वैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ । यस नामावलीमा तपाईँको नाम छ कि छैन? यसरी हेर्नुहोस ।

सबैभन्दा पहिले यो लिंकमा जानुहोस

अन्तिम मतदाता नामावली

त्यसपछि दिईएको टेबलमा आफ्नो जिल्ला छान्नुहोस्।

त्यसपछि आफू बस्ने गाउँपालिका वा नगरपालिकाको नाम छान्नुहोस्।

वार्ड नम्बर छान्नुहोस्।

त्यसपछि SUBMIT लेखेको बटन क्लिक गर्नुस्।

त्यसपछि तपाईँको वडाको नामावलीसहितको विवरण अाउनेछ ।

नामावलीमाको माथि तपाईंको आफ्नो नामको पहिलो अक्षरबाट आफ्नो नाम खोज्दा सजिलो हुन्छ ।

आफ्नो फोटोसहितको पूरा विवरण हेर्न आफ्नो जन्ममिति वा नागरिकता नम्बर राख्नुपर्नेहुन्छ त्यसका लागि आफ्नो नामको पछाडि मतदाता विवरण भनेर आउँछ त्यहाँ क्लिक गर्नुहोला।

त्यसपछि जन्ममिति/नागरिकताको नम्बर राखिसकेपछि कुन चित्रमा क्लिक गर्ने भनेको छ त्यसमा क्लिक गरेपछि तपाईँको पूरा विवरण आउँछ।

प्रतिकृया दिनुहोस्