Everest Times

चिनिया राष्ट्रपति फिनल्यान्मा, ट्रप्पलाई पनि भेट्ने

बेइजिङ । चीनका राष्ट्रपति सि जिनपिङ औपचारिक भ्रमणका लागि मंगलबार अपराहन्न बेइजिङबाट फिनल्यान्डतर्फ प्रस्थान गरेका छन् ।

अमेरिकाको फ्लोरिडामा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटबार्ता गर्ने कार्यतालिका समेत रहेको भ्रमणको सुरुमा फिनल्यान्ड गएका हुन् ।

फिनल्यान्डका राष्ट्रपति साउली निनिस्तो र अमेरिकाका राष्ट्रपति ट्रम्पको औपचारिक निमन्त्रणामा राष्ट्रपति सिले भ्रमण गर्न लागेको चीनको विदेश मन्त्रालयले यसअघि नै जनाएको थियो ।

उनले अप्रिल ४ देखि ६ तारिखसम्म फिनल्याण्डको र ६ देखि ७ तारिखसम्म अमेरिकाको भ्रमण गर्नुहुने भ्रमण तालिका रहेको छ ।

प्रतिकृया दिनुहोस्