Everest Times

जिनपिङले दिए ट्रम्पलाइ चीन भ्रमणको निम्तो

पाम बिच । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनविरोधी आफ्नो भनाइ छाडेका छन् भने शुक्रबार चिनियाँ समकक्षी सी जिनपिङसँगको शिखर वार्तापछि उनीहरूबीच उत्कृष्ट सम्बन्ध रहेको बताइएको छ।

फ्लोरिडाको मार–अ–लागो पर्यटनस्टलमा दुई नेताबीच भएको उच्चस्तरीय वार्तापछि अमेरिकी राष्ट्रपति ट्रम्पसले चीनसँगको सम्बन्धमा ठूलो प्रगति हासिल भएको बताए ।

चुनावी अभियानमा अमेरिकी राष्ट्रपति ट्रम्पले निर्वाचनमा चीनले अमेरिकी अर्थतन्त्रमा प्रभाव पारेको बताउँदै दण्डात्मक कर लगाएर बेइजिङलाई दण्ड दिने नारा लगाएका थिए ।

चिनियाँ राष्ट्रपति सीले पनि शिखर बैठक निकै महत्वपूर्ण भएको बताउँदै न्यानो आतिथ्यका लागि अमेरिकी राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिए भने
राष्ट्रपति सीले अमेरिकी समकक्षीलाई चीन भ्रमणको निमन्त्रणा दिए । अमेरिकी राष्ट्रपति ट्रम्पले चीन भ्रमणको निम्तो स्वीकार गरेका छन् भने मिति भने तय नभएको भ्वाइस अफ अमेरिका अनलाइनले जनाएको छ ।

तस्विरः रोयटर्स/कार्लोस बरिया

प्रतिकृया दिनुहोस्