एनआरएनका लागि उपलब्धिमुलक वर्ष बन्यो २०७२

May 18, 2017

वर्ष २०७२ मा नेपालले भूकम्प व्योहर्नुप¥यो । यही संकटको घडीमा विदेशमा छरिएर रहेका नेपालीहरु भूकम्पपीडितको घरदैलोमा पुगे । प्रवासमा रहेका नेपालीहरुले गैरआवासीय नेपाली महासंघ(एनआरएन)मार्फत, दुतावासमार्फत र आफै प्रभावित क्षेत्रमा पुगेर सहयोग गरे ।
नेपालमा तत्काल राहत सामग्री पुगेर भूकम्पग्रस्त क्षेत्रमा पुग्ने एनआरएनले नेपालीको मन जितेको छ । सीमित श्रोतका कारण एनआरएन सम्पूर्ण क्षेत्रमा त पुग्न सकेन । यद्यपि पहुँचले भ्याएसम्म एनआरएनले भूकम्पपीडितको घाउमा मल्हम लगाउने प्रयास गरेको छ ।
एनआरएन अमेरिकाले पनि विभिन्न क्षेत्रमा चिकित्सकसहितको राहत टोली पठाएर सहयोग गरेको छ । यस वर्ष एनआरएनको चुनाव पनि सम्पन्न भएको छ । चुनावले शेष घलेलाई दोस्रो कार्यकालको लागि अध्यक्षमा निर्वाचित गरेको छ । यसै वर्ष नेपालमा नयाँ संविधान जारी भयो । विविध विषय अन्योलमा रहेपनि एनआरएनले भने सोचेको सफलता संविधानमा पाएको छ । एनआरएनको ‘एकपटकको नेपाली, सधैंको नेपाली’ नारा चरितार्थ भएको छ । र, हरेक एनआरएन बिदेशी भूमिमा रहेपनि एक असल नेपाली नागरिकको भूमिकामा पनि देखिनुपर्ने भएको छ ।
यस वर्ष नेपालमा भूकम्पसँगै नयाँ संविधान जारी नेपालको मुख्य उपलब्धि भयो । विगत ८ वर्षबाट सुरु भएको संविधानसभाले संविधान पाए पनि नेपालका आधा जनसंख्याले भने यसको विरोध गरेको छ । यसर्थ संविधान जारी भएसँगै मधेस आन्दोलन र नाकाबन्दीले नेपाललाई थिलथिलो बनायो । अधिकांश विरोधको स्वर आएकोले विगतबाट सिक्दै सरकारले नयाँ सालमा अधिकतम जनताको चाहना बमोजिम काम गनुपर्ने देखिन्छ ।
यही साल देशले महिलाको क्षेत्रमा स्मरणीय उपलब्धि हासिल ग¥यो । विद्यादेवी भण्डारी पहिलो महिला राष्ट्रपति बन्न सफल भइन् । त्यसैगरी ओनसरी घर्तीमगर पहिलो सभामुख बनिन् भने सुशीला कार्की पहिलो महिला प्रधानन्यायधीस बनिन् ।
चूनौतीसँग समाधानका उपायहरु पनि पछिपछि आउँछन् भने झैं भूकम्पपछि देशका कतिपय गाउँ ध्वस्त भए । अब ती ठाउँले नयाँ स्वरुप पाउने छन् । तर, सरकारले पुनः निर्माणमा ढिलासुस्ती गरेको छ । यसले जनता निराश छन् भने पुनः निर्माणका लागि आएका विदेशी दाताहरु भड्किएका छन् । सरकारले राजधानी नजिकका बस्तीहरुमासमेत यति ढिलासुस्ती काम गर्छ भने पूर्व र पश्चिममा यस्तो संकट आइपरे के गर्ला भनेर सोच्न बाध्य छन् जनता । जनताको पीडामा मलहम लगाउन एनआरएनले सरकारलाई यस्तो कार्यमा अघि बढ्न झक्झकाउनुपर्ने देखिन्छ ।

सम्बन्धित समाचार