एनआरएनले पाउने भए नेपाली नागरिकता, राजनीतिक अधिकार भने नपाउने

August 9, 2018

काठमाडौं । गैर आवासीय नेपाली(एनआरएन)ले नेपाली नागरिकता पाउने भएका छन् । सरकारले एनआरएनले नागरिकता पाउने गरी बनेको विधेयक संसदमा दर्ता गरिसकेको छ ।

गृहमन्त्रीकोसमेत जिम्मेवारी सम्हालेका उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले उक्त विधेयक साउन २३ गते बुधवार स‌ंसदमा पेश गरेका हुन् । हाल गृहमन्त्री रामबहादुर थापा इन्डोनेसियाको भ्रमणमा छन् ।

मुलुकी एेनमा दफा ७ क थप गरी गैर आवासीय नागरिकता प्राप्त गर्न सक्ने शीर्षकमा एनआरएनको नागरिकतासम्बन्धी व्यवस्था गरिएको छ । उक्त दफामा भनिएको छ, ‘ ‘विदेशी मुलुकको नागरिकता प्राप्त गरी दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठनको सदस्य राष्ट्र बाहेकका देशमा बसोबास गरेको र साविकमा वंशजको वा जन्मको आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले राजनीतिक अधिकार बाहेक आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी गैर आवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्नेछ ।’

२०७२ सालमा जारी भएको ‘नेपालको संविधान’ले एनआरएनले नेपालको नागरिकता प्राप्त गर्न सक्ने अधिकार उल्लेख गरेको थियो। ‘नेपाल नागरिकता ऐन, २०६३लाई संशोधन गर्न बनेको विधेयक’ मा विदेशमा रहेका नेपाली नागरिकलाई शर्तसहित नेपाली नागरिकता प्रदान गर्न सकिने व्यवस्था गरिएको थियो ।

२०७२ सालमा जारी संविधानमा यस्तो उल्लेख गरिएको थियो

‘नेपाल नागरिकता ऐन, २०६३लाई संशोधन गर्न बनेको विधेयक’ यस्तो छ

 

सम्बन्धित समाचार