एनआरएन अमेरिकाको कार्यभार निर्वाचित कार्यसमितिलाई हस्तान्तरण

September 18, 2017

 

एभरेस्ट टाइम्स/बाल्टिमोर

एनआरएन अमेरिकाको छैंटौं साधारण सभा बल्टिमोरमा शनिबार सम्पन्न भयो । नेपालका लागि अमेरिकाका राजदुत अर्जुन कार्की र एनआरएन आइसिसिका अध्यक्ष शेष घलेले उक्त सभाको संयुक्त रुपमा उद्घाटन गरे । उद्घाटन कार्यक्रमपछि हालै निर्वाचित पदाधिकारीहरुले निर्वाचन कमिटिबाट आधिकारिक रुपमा सपथ लिएर कार्यभार सम्हाले । निर्वाचित पदाधिकारीहरुलाई एनआरएनआइसिसीका अध्यक्ष घलेले प्रमाणपत्र प्रदान गरेका थिए ।

कार्यक्रममा अमेरिकाका लागि नेपालका राजदुत कार्कीले प्रवासी नेपालीबाट नेपालले ठुलो आशा गरेअनुसार यहाँको ज्ञान र सीपहरु सिकेर नेपाललाई केही सहयोग गर्न सके सिंगो मुलुकले फाइदा लिन सकिने बताए । उनले उपस्थित सहाभागीहलाई तपाईहरु फुट्नु भएन र एकता हुनु पर्यो भन्ने सुझाव दिदै एकता भयो भने शक्तीशाली हुने बताए ।

‘तपाईहरुमा एकता भयो भने तपाई र नेपाललाई पनि हित हुने भएकोले आफु भित्रका आपसी मतभेदका कुराहरु आपसमा छलफल गर्नुस’, घलेले नेपाल र नेपालीको लागि हितमा स्थापित एनआरएनएले गरिरहेको सामाजिक सेवामा सबैको सहयोग रहेको बताउदै अझै सबै मिलेर अघि बढ्न सुझाव दिएका थिए ।

एनआरएन अमेरिकामा डा केशव पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । समितिको बरिष्ठ उपाध्यक्षमा सुनिल शाह, महासचिवमा बिआर लामा,सचिवमा होमनाथ गौतम विजय भएका छन । कोषाध्यक्षमा डाक्टर प्रकाश अर्याल, सहकोषाध्यक्षमा पवन योन्जन, क्षेत्रीय उपाध्यक्षहरुमा राधा पौडेल, रामकुमार सुबेदी, जेदु पोख्रेल, उमा कार्की थापा विजयी भएका थिए । त्यस्तै सदस्यहरूमा आङङिमा गेल्जेन शेर्पा, डा अर्जुन बन्जाडे, कृष्ण लामिछाने, तृष्णा शर्मा, सञ्जय थापा, दिव्या केसी ओली, गोपेंन्द्र राज भट्टराई, बिन्दु सापकोटा निरौला, अमृत कट्टेल, प्रीति सगर खत्री र विष्णु बहादुर शाहले विजय प्राप्त थिए । महिला संयोजकमा इन्दिरा त्रिपाठी र एनआरएन अन्तराष्ट्रिय समन्वय समितिमा गोमा सेन, धर्म भट्टराई, बिष्णुमान प्रधान, प्रकाश सापकोटा, बन्दना कोइराला, बेदराज बस्नेत, डिल्लीराम भट्टराई र बलराम थापा बिजयी भएका थिए ।

सम्बन्धित समाचार