तोकियो एनअारएन अमेरिकाको निर्वाचन, अगस्ट ११ र १२ मा हुने

July 6, 2017

एभरेस्ट टाइम्स/न्युयोर्क

एनआरएन एनसिसी अमेरिकाको नयाँ नेतृत्वको निर्वाचन अगस्टको ११ र १२ तारिकमा हुने भएको छ । जुलाइ ४ गते उक्त निर्णय भएको एनअारएन अमेरिकाका मिडिया कोअर्डिनेटर सर्बज्ञ वाग्लेले जानकारी दिए ।

सदस्यता छानविन समितिले निर्वाचन कमिटीसमक्ष दिएको सदस्यको नामवाली सच्चाउन ढिला भएपछि जुलाईको २१ र २२ मा हुने भनिएको निर्वाचन अगस्टका लागि सरेको हो । निर्वाचनका लागि निर्वाचन कमिटी गठन भइसकेको छ । कमिटिमा बन्दीता दाहाल, विश्व बराल, भुवन गुरुङ र अन्जन श्रेष्ठ रहेका छन् ।

कमिटिले निर्वाचन तालिकासमेत सार्वजनिक गरेको छ ।

जसअनुसार जुलाइ ८ सम्म उमेदवारी दर्ता, जुलाइ १८ मा उमेदवारको नामावली प्रकाशन रहेको छ । उमेदवारी फिर्ता लिन चाहानेका लागि २४ जुलाइसम्मको मिति तोकिएको छ  भने जुलाइ २९ मा उमेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।

 

सम्बन्धित समाचार