एनआरएनए न्युयोर्क च्याप्टरका अध्यक्ष अधिकारी ‘बेस्ट च्याप्टर प्रेसिडेन्ट अवार्ड’बाट सम्मानित

July 10, 2019

न्युयोर्क । गैरआवासीय नेपाली स‌ंघ(एनआरएनए) अमेरिका न्युयोर्क च्याप्टर अध्यक्ष रामहरि अधिकारी ‘बेस्ट च्याप्टर प्रेसिडेन्ट अवार्ड’बाट सम्मानित भएका छन् ।

सिकागोमा आयोजित एनआरएनए एनसिसी अमेरिकाको आठौं साधारण सभामा अधिकारीलाई उत्कृष्ट युवा पुरस्कारस्वरुप उक्त अवार्ड प्रदान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि एवं नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले उनलाई उक्त अवार्ड हस्तान्तरण गरेका थिए ।

न्युयोर्क च्याप्टरमा यसअघि एक कार्यकाल सचिव रहेका उनी अघिल्लो कार्यकालमा पनि न्युयोर्यक च्याप्टरकै अध्यक्ष थिए । पहिलोपटकको अध्यक्ष रहँदा उत्कृष्ट प्रदर्शन गरेको भन्दै सम्मान गरेको हो ।

धादिङको फूलखर्कमा जन्मिएका अधिकारी अमेरिकामा भएका २० च्याप्टरका अध्यक्षमध्ये कान्छो अध्यक्ष हुन् । नेपालमा इन्जिनियरिङमा डिप्लोमा गरेर डेनमार्क हुँदै ८ वर्षअघि अमेरिका आएका उनी ६ वर्षदेखि एनआरएन अभियानमा संलग्न छन् ।

सम्बन्धित समाचार