एनआरएन सर्भिस ज्याक्सन हाइटमा

July 19, 2017

न्युयोर्क । ज्याक्सनहाइट चोक नजिकै नेपाली तथा अन्य समूदायलाई लक्षित गरी एनआरएन सर्भिस नामक व्यापारिक कम्पनी खुलेको छ । उक्त कम्पनी न्युयोर्क सिटीको क्विन्स टेवेन्टी फाइभ डिस्ट्रिको काउन्सीलमेन डेनियल ड्रमले उद्घाटन गरेका थिए ।

गत जुलाई १५ तारिखबाट काम सुरु गरेको कम्पनीले वायरलेस मल्टी केयरियर, फोन बिक्री र बनाउने, पैसा पठाउने, फयाक्स, मेट्रोकार्ड र पार्किङ टिकटको शुल्क बुझाउने सेवा दिने भएको छ ।

‘नेपाली र अन्य समुदायलाई लक्षित गरेर यो सेवाको व्यवसाय सुरु गरेको हो,’ एनआरएन सर्भिसका प्रोप्राइटर नवराज केसीले भने । क्वीन्सकै नर्थन ब्लुबर्डमासमेत उनले यस्तै व्यवसाय सुरु गरेका छन् । न्युयोर्कमा लामो समयदेखि व्यवसायमा लागेका केसी एनआरएन अमेरिकाको बोर्ड अफ डाइरेक्टरमा उम्मेद्वारी दिएका छन् । एनआरएनमा पुगेपछि आफुले कमाएको केही हिस्सा एनआरएनमा सघाउने सोच बनाएको उनले बताए ।

सम्बन्धित समाचार