एनआरएन विज्ञ भेला तथा सातौं साधारण सभा सम्पन्न

June 18, 2018

सन फ्रान्सिस्को । अमेरिकाको क्यालिफोर्नियास्थित सन फ्रान्सिस्को सहरमा आयोजित विज्ञ भेला र गैर आवासीय नेपाली संघ–एनआरएन अमेरिकाको सातौ साधारण सभा भव्य रुपमा सम्पन्न भएको छ ।

एनआरएन र गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाद्वारा संयुक्त रुपमा आयोजना गरिएको भेलामा ३० वटा कार्यपत्र प्रस्तुत गरिएको एनआरएन राष्ट्रिय समन्वय परिषद् अमेरिकाका प्रवक्ता विनोद कुमार तिवारीले जानकारी दिए ।

कार्यक्रममा नेपाल सरकारका पर्यटनमन्त्री रवीन्द्र अधिकारी, पूर्व मन्त्री, आइसीसी अध्यक्ष भवन भट्ट, अमेरिकाका लागि नेपालका राजदुत डा अर्जुन कार्की, महावाणिज्यदूत, पूर्व अध्यक्ष तथा संस्थापक जीवा लामिछाने, उपाध्यक्ष कुमार पन्त र कुल आचार्य, एनआरएन अमेरिकाका अध्यक्ष डा केशव पौडेललगायतको उपस्थिति थियो ।

साधारण सभाले महासचिव बीआर लामा र कोषाध्यक्ष डा प्रकाश अर्यालद्वारा प्रस्तु प्रतिवेदन स्विकृत गरेको तिवारीले जनाए । महासचिव लामाले विधान संशोधन प्रस्ताव राखेका थिए । उनको प्रस्ताव बहुमतले पारित भएको छ । साधारण सभाले निर्वाचन समितिसमेत गठन गरेको छ ।

सम्बन्धित समाचार