Everest Times

राँगोलाइ दैनिक फरकफरक ब्रान्डको रक्सी, राँगोको मुल्य ३३ करोड

नयाँ दिल्ली । अाइतबार टिचर्स, सोमबा ब्लैक डग, बुधबार, १०० पाइपर, बिहिबार भेलेनटाइन्, शुक्रबार चिभास रेगल, शनिबार ब्ल्याक लेभल । यो हो भारतको हरियाणास्थित कैथल जिल्लाकाे एक राँगोको दैनिक पिउने रक्सीको मेनु । पछिल्लो समय सुल्तान नाम गरेको राँगो यही मेनुका कारण चर्चामा अाएको छ । हरेक साँझकाे खानअघि राँगोले मेनुअनुसारको रक्सी पिउन पाउँछ । मंगलबार भने रक्सी पिलाउँदैनन् ।
सुल्तान राँगोका मालिक नरेशका अनुसार राँगोलाइ स्वस्थ राख्न रक्सी खुवाउन थालिएको हो । भास्कर डटकमका अनुसार ७ वर्ष पुगेको राँगोको मुल्य भारू २१ करोड अर्थात नेपाली झन्डै ३३ करोड रूपैयाँ रहेको छ । मुर्रा जातको यस राँगो नरेशले पाँच वर्ष पहिले २ लाख ४० हजार भारूमा किनेका थिए । राँगोको बिहानी नास्ता घिउ र दुध हुने गरेको छ । उक्त राँगोबाट नरेशले वार्षिक ९० लाख कमाउँदै अाएका छन् । उन्नत जातको बीउको लागि उनको राँगो खोज्न घुइचो लाग्ने गरेको छ ।
प्रतिकृया दिनुहोस्