वाम गठबन्धनले जिते वैदेशिक रोजगारी शून्यमा झार्छौं-अोली

November 3, 2017

झापा । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आसन्न निर्वाचनमा वाम गठबन्धनले जिते वैदेशिक रोजगारी शून्यमा झार्ने बताउनुभएको छ ।

झापाको दमकमा प्रेस चौतारीले शुक्आरबार अायोजना गरेको पत्रकार भेटघाटमा उनले स्वदेशमै रोजगारीको प्रशस्त अवसर सिर्जना गरेर बढ्दो युवा पलायन रोक्ने बताए ।

“एमालेको सरकार हुँदा १८ प्रतिशत वैदेशिक रोजगारमा जाने युवाको संख्या घटेको थियो”, पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले भने, “गठबन्धनको जितसँगै त्यसलाई शून्यमा झार्छौं ।”

अध्यक्ष ओलीले अब हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन निष्पक्ष र भयरहित हुनुपर्नेमा जोड दिए ।

सम्बन्धित समाचार