एमाले अध्यक्ष अोली झापा ५ बाट चुनाव लड्दै

October 5, 2017

झापा  ।  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा एमाले झापाले उम्मेदवार सिफारिस सुरु गरेको छ ।

झापाका पाँच वटै निर्वाचन क्षेत्रका लागि सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस गरिएको एमाले झापा सचिव मदन अधिकारीले जानकारी दिए ।

झापा क्षेत्र नं १ बाट गोपालचन्द्र बुढाथोकी, क्षेत्र नं २ बाट पवित्रा निरौला खरेल, क्षेत्र नं ३ बाट पुष्पराज पोखरेल, क्षेत्र नं ४ बाट लालप्रसाद (एलपी) साँवा र क्षेत्र नं ५ बाट अध्यक्ष केपी ओलीको नाम सर्वसम्मत सिफारिस गरिसकेको सचिव अधिकारीले बताए ।

सम्बन्धित समाचार