दुई बुद्धिस्ट स‌ंस्थाले ज्ञापनपत्र बुझाउँदै ओलीलाई सोधे, ‘खादाबारे भ्रामक प्रचार किन?’ [भिडियोसहित]

September 29, 2018

न्युयोर्क: प्रधानमन्त्री केपी ओलीलाई हिमालयन बुद्धिस्ट कम्युनिटि र शेर्पा किदुगले बेग्लाबेग्लै ज्ञापन पत्र बुझाएको छ । प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क आइपुगेका बेला दुबै संस्थाले ज्ञापनपत्र बुझाएको हो ।

यी दुई संस्थाले नेपाल धर्म निरपेक्ष राज्य भईसकेतापनि सरकारद्वारा बौद्वधर्मवलाम्बीको भावनालाई चोट पुराएको भनि उल्लेख गरेको छ । पत्रमा बौद्वमार्गीको आस्थाको केन्द्र गुम्बामा कर लगाएको, लुम्बिनी बिकास कोषमा विवादित व्यक्ति र ग़ैर बुद्धिस्टलाई नियुक्ती गरेको र बौद्वमार्गीले सदियौदेखि प्रयोग गदै आएको खादा बिस्थापन गर्न लागेको प्रति बिरोध जनाउँदै प्रधानमन्त्री समक्ष ज्ञापन पत्र बुझाएको छ।

हिमालयन बुद्धिस्टका तर्फबाट अध्यक्ष छेपक दोर्जी गुरुङ, बरिष्ठ उपाध्यक्ष तेम्बा शेर्पा, महासचिव सुमन बुढामगर , पूर्व अध्यक्ष तेन्जी उक्याप, ग्यालसुम्दा सेवा संस्थाका अध्यक्ष छिरिङ राप्के लामा, हयोल्मो सोसाइटीका अध्यक्ष दावा हयोल्मो , तामाङ सोसाईटीका पूर्व अध्यक्ष सुर्य तामाङलगायत थिए ।

त्यस्तै शेर्पा किदुगबाट अध्यक्ष उर्गेन शेर्पाको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष डोल्मा शेर्पा, महासचिव तेन्न्डी शेर्पा,सचिव तेम्बा शेर्पा, पूर्व अध्यक्ष छोङबा शेर्पा, शेर्पा कल्चर सेन्टरको संयोजक छोङबा लामा शेर्पा , सदस्य फुर्वा शेर्पा, र सदस्य आङबाबु शेर्पाको उपस्थिति थिए ।

सम्बन्धित समाचार