अमेरिकामा विपत् अनुभव बाँड्दै नेपाली ‘एमेच्योर रेडियो’ अपरेटर

May 18, 2017

अाङछिरिङ शेर्पा/न्युयोर्क

गत वर्ष नेपालमा भूकम्प जाँदा सञ्चारको प्रायः सबै सुविधाहरु विच्छेद भएको थियो । सञ्चारसुविधा टुटेपछि अधिकांशले सास्ती भोगे । छटपटाइरहेको त्यो परिस्थितिमा एकमात्र विकल्प सञ्चार सेवाको काम ‘रेडियो एमेच्योर’ले गरेको यसको प्रयोगकर्ताहरु बताउँछन् । हेर्दा वाकीटाकी जस्तै देखिने रेडियो एमेच्योर विपत्तिको बेला उपयोगी हुने उनीहरुले बताए । विशेष गरी फोन जस्ता सञ्चारको सेवा अवरुद्ध भएको बेला यो सुविधा प्रयोगमा आउने डा सन्जीव पाण्डेले बताए । उद्धार कार्यमा बढी काम लाग्ने यो रेडियो सेवा इन्जिनियरिङ क्षेत्रका प्राविधिकहरुको संस्था एमेच्योर रेडियो क्लबले सुरु गरेको हो । नेपालमा त्यतिखेर डा पाण्डे र उनको समुहले एमेच्योर रेडियो प्रयोगमा ल्याएका थिए । उनीहरुलाई अमेरिकास्थित सिलिकन भ्याली र काठमाडौं भ्यालीबीचको साझेदारीमा ग्लोबल नेपालीज प्रोफेसनल नेटवर्क (जिएनपिएन) को मद्दतमा काठमाडौंमा एम्येचर रेडियो सञ्चालन गरेका थिए ।
‘विपत्तिमा अरु सञ्चारको सुविधा टुटेको बेला एमेच्योर रेडियोले जनतालाई केही राहत दिने कार्य भयो,’ डा. पाण्डेले एभरेस्ट टाइम्सलाई भने, ‘ हाम्रो जस्तो मुलुकमा यो ज्यादै प्रभावकारी भयो ।’ नेपालमा यसको प्रयोगमा ल्याउने कार्य क्लबले रेडियो मालाको रुपमा सन २०१३ देखि गर्दै आएको डा पाण्डेले बताए । नेपालको सबै रिपिटरहरुको नेटवर्कलाई एक ठाउँमा केन्द्र बनाई सबैलाई सजिलै सम्पर्क गर्न सुविधा दिनका लागि क्लबले रेडियो माला नाम दिएको छ । डा पाण्डे ६२ सालदेखि पुल्चोक इन्जिनियरिङ कलेजको इलेक्ट्रानिक्स एन्ड कम्युनिकेसन रिसर्चको उपप्राध्यापकको रुपमा कार्यरत छन् । डा पाण्डे आफ्नो खुबीलाई सामुहिक रुपमा विपत्तिमा प्रयोग गर्न सकेको अनुभव लिएर अमेरिकाकास्थित सान्त क्लारा सिटिले आयोजना गरेको इन्टरनेसनल माइक्रेवेभ सिम्पोजियम गोष्ठीमा भाग लिन आइपुगेका थिए ।

city of silicon vallyउनको अनुभव सुन्न सान्तकलारा सिटीका इमरजेन्सी सर्भिसका संयोजक लिजा सोन्थेल, अग्नि यन्त्रका प्रमुख विल केली, अमेरिकास्थित इन्जिनियरिङ क्षेत्रका विज्ञ र विद्यार्थीहरु, रेडक्रसका प्रतिनिधिलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरु उपस्थित थिए । उक्त अवसरमा डा पाण्डेले नेपालमा भएको प्रकृति विपत्तिमा प्रयोग गरिएको एमेच्योर रेडियोबारे जानकारी दिए । ‘कनेक्टिङ माइन्ड एक्सचेन्जिङ आइडिया’ नामक इन्जिनियरिङ क्षेत्रको महत्वपूर्ण मानिने उक्त कार्यक्रममा प्यानेल मध्यस्थकर्ताको रुपमा जिएनपिएन तथा डब्लुसिक्स केटिएमको तर्फबाट शुरेश ओजा शान्तकलाराबाट, सिलिकन भ्यालीको डब्लु सिक्स डिडब्लुको तर्फबाट डेबिड विटकोत्सकी र ताराना वेयरलेस सिलिकन भ्यालीको तर्फबाट बेरिक दुनले गोष्ठिमा विशेष भुमिका खेलेका थिए । त्यस्तै अन्य विज्ञहरुमा क्यालिफोर्निया पोलिटेक्निक युनिभर्सिटिका बब लानुसी, युनिभर्सिटी अफ क्यालिफोर्नियाको कार्नेजि मेलन युनिभर्सिटीका सिएओगुङ लिउ थिए । पुल्चोक क्याम्पसमा राखेको भिएचएफ रिपिटरको माध्यमबाट क्लबले सुचना तथा सञ्चार मन्त्रालयबाट अनुमति लिएर काठमाडौंमा रेडियो सञ्चालन गदै आएका छन् ।

presentation
सन १९९३ देखि सुरु भएको यो सेवामा अहिले १ सय ४७ जना अपरेटर रहेको डा पाण्डेले बताए । ‘आगामी वर्ष तीन रिपिटर राखेर हामीले अन्तर्राष्ट्रिय स्तरको काठमाडौंबाहिर पनि लैजाने योजना बनाउदै छौं,’ डा पाण्डेले भने । क्लबलाई अमेरिकामा इन्जिनियरिङ क्षेत्रमा काम गर्दै आएका नेपाली विज्ञहरुले नेटवर्क जिएनपिएनले २०१० देखि सिलिकन भ्याली र अन्य क्षेत्रको सहयोगमा क्लबलाई निःशुल्क उपकरण पठाएर सहयोग गर्दै आइरहेको छ । सन् २००७ मा खोलेको जिएनपिएनले नेपालको विपत्तिमा रेडियो एम्येच्योरमार्फत खेलेको भूमिको कदर गर्दै युएस हाउस अफ रेप्रिजेन्टेन्टीभ कंग्रेस सदस्य माइकल एम होन्डाले सम्मान गरे ।certificate

‘नेपालको विपत्तिमा जिएनपिएन र क्लबको सक्रियतामा भएको कार्यले खेलेको भुमिकाकै कारण सम्बन्धित निकायले सम्मानीत हुदा गौरव लाग्यो’ जिएनपिएन अन्र्तगत डिजस्टर प्रिपेयर कमिटिका अध्यक्ष शुरेश ओझाले भने, ‘हामीले पाएको सहयोग र हामीले गरेको कार्यबारे डा पाण्डेले प्रस्तुत गरेको अनुभवले हामीलाई थप उत्साहित तुल्यायो ।’ अमेरिकाको सन फ्रान्सिसको र वे एरिया पनि भूकम्पको आउन सम्भावना बोकेको राज्य भएकोले सरकारले सजकता अपनाउदै आएको छ ।

के हो रेडियो एमेच्योर ?

रेडियो एमेच्योरलाई चलनचल्तीको भाषामा ह्याम रेडियो भनिन्छ । संसारको सबैभन्दा पुरानो सञ्चार प्रविधि मानिन्छ यसलाई । कुनै पनि मोबाइल नेटवर्क, सिमकार्ड र टेलिफोन लाइनबिनै रेडियोवेभको तरंगमार्फत आममानिसले एमेच्योर रेडियोबाट सञ्चार गर्न सक्छन् ।
यसबाट अडियो, फोटो, टेक्स्ट म्यासेज पनि पठाउन सकिन्छ । यस प्रविधिले प्राकृतिक विपद्को क्षति न्यूनीकरण तथा उद्धार कार्यमा ठूलो सहयोग गर्छ । नेपालको भौगोलिक स्थिति र प्राकृतिक जोखिमको हिसाबले यो रेडियो निकै उपयोगी हुन सक्छ । विपद्को समयमा सञ्चारका माध्यमले काम गर्न छाडे पनि रेडियो एमेच्योरले राम्रोसँग काम गर्छ ।
एमेच्योर रेडियो अपरेटरको लाइसेन्स पाएका व्यक्तिले विश्व दूरसञ्चार संगठन (आईटीयू) ले तोकेको फ्रिक्वेन्सीमा सञ्चार गर्न पाउने गरी आफ्नै वायरलेस उपकरण राख्न पाउँछन् । एमेच्योर रेडियो समुदायमा मानिस नामले चिनिंदैन । एमेच्योर रेडियो अपरेटरको न्वारान लाइसेन्समा लेखेको कल साइनले गर्छ ।

यसरी लिने लाइसेन्स

नेपालमा सबैभन्दा पाका एमेच्योर रेडियो अपरेटर भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालका निर्देशक आमोदमणि दीक्षित हुन् । सूचना तथा सञ्चार मन्त्रालयले लिने परीक्षामा उत्तीर्ण भएपछि यो रेडियोको लाइसेन्स लिन पाइन्छ । यसको लाइसेन्स लिन ह्याम रेडियोटेस्ट पास गर्नुपर्छ । यसमा लिखित परीक्षा र मर्स कोड रिसिभिङ टेस्ट हुन्छ ।
सूचना तथा सञ्चार मन्त्रालयबाट अनुमति लिएर एमेच्योर रेडियो राख्न पाइन्छ । नेपालमा सयभन्दा बढी एमेच्योर रेडियो अपरेटर छन् । त्यसमध्ये ३० जनासँग सञ्चारका उपकरण छन् । टाढा कुरा गर्न सक्ने हाइफ्रिक्वेन्सी रेडियो ५६ जनासँग मात्रै छ ।

सम्बन्धित समाचार