६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

पाँचपोखरी मेलामा २४ किलोमिटरको पाँचपोखरी ट्रेल रेस हुदैं


१६ श्रावण २०७४, सोमबार  

0
Shares

काठमाडौं । साउन २३ गते सिन्धुपाल्चोकको पाँचपोखरी गाउँपालिकामा रहेको पाँचपोखरी तीर्थकुण्डमा २४ किलोमिटरको ट्रेल रेस हुने भएको छ ।

सोमबार राजधानीको नेपाल पर्यटन बोर्डमा पत्रकार सम्मेलन गरी अायोजकले उक्त जानकारी दिएको हो ।

पाँचपोखरी क्षेत्रमा पर्यटन प्रबर्द्धनका लागि अायोजना गर्न लागिएको कार्यक्रम पाँचपोखरी थाङपल गाउँपालिकाको सहयोगमा विश्व समावेशी साहसी संस्था, डुखाङ पाँचपोखरी मानम युवा क्लबको संयुक्त अायोजना गर्न लागेको हो । नेपाल पर्यटन बोर्डले प्रवर्द्धनको जिम्मा लिएको छ ।

समुद्री सतहबाट ४,०६० मिटर उचाइमा रहेको पाँचपोखरीमा हरेक वर्षको जनैपूर्णिमामा मेला लाग्दछ । जुगल हिमश्रृंखलाको काखमा रहेको पाँच वटा पोखरी यहाँको प्राकृितक साैन्दर्य रहेको र उक्त पोखरीको दर्शनका लागि धार्मिक मेला लाग्ने स्थानीयले बताए ।

दाैडमा सहभागी हुन पहिलो, दोस्रो, तेस्रो, चाैथो र पाँचाैलाइ पुरस्कारको समेत व्यवस्था गरिएको छ ।

उक्त कार्यक्रममा हुने स्थान काठमाडाैंबाट एक दिन बसबाट र अर्को दिन पैदल गरी पुग्न सकिन्छ ।

 

प्रकाशित मिति : १६ श्रावण २०७४, सोमबार  १ : ०९ बजे