पदमुक्त भएका हुन् त प्रधानन्यायाधीश पराजुली?

March 14, 2018

काठमाडौं । बुधबार साँझ राष्ट्रपतिलाई शपथ खुवाउँदै गर्दा नै प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त भएको समाचार भाइरल बन्यो । पराजुली राष्ट्रपति विद्यादेवी भण्डारीलाई शपथ खुवाउँदै थिए । यता उनी पदमुक्त भएको समाचार सबै मिडियामा छाएको थियो ।

नागरिकता, जन्ममिति र विभिन्न फैसलामा विवादित हुँदै आएका प्रधानन्यायाधीश पराजुलीलाई बर्खास्त गर्नुपर्ने अथवा महाभियोग नै लगाउनुपर्ने विषयले सामाजिक सञ्जाल लगायत न्यायालयसम्म प्रवेश गरेको थियो । सर्वोच्चका न्यायाधीशहरुले समेत प्रधानन्यायाधीश पराजुलीले तोकेको बेन्च बहिस्कार गरेका थिए ।

यस्तो अवस्थाको सामना गरिरहेका पराजुलीलाई साँझ न्याय परिषद सचिवालयले पदमा नरहेको जानकारी शीर्षकमा जानकारी पत्र पठायो । उक्त पत्र पराजुलीले बुझ्न पाएका छैनन्। यद्यपि उनी मिडियामा पदमुक्त भइसकेका छन् ।

न्याय परिषद सचिवालयका सचिव नृपध्वज निरौलाको हस्ताक्षरमा रहेको उक्त पत्रमा परीक्षा नियन्त्रण कार्यालयले उनको उमेर ६५ नघेको प्रमाण प्राप्त भएकोले साउन २१ मै पदावधि सकेको जानकारी उल्लेख गरिएको छ ।

यसबारे पूर्व महान्यायधिबक्ता रमण श्रेष्ठ परिषदको अध्यक्ष नै प्रधानन्यायाधीश हुने भएकाले सचिवले मात्रै उक्त निर्णय गर्नै नमिल्ने रातोपाटीसँग बताएका छन् ।

यस्तो छ पत्र

सम्बन्धित समाचार