पर्साका पटेर्वा सुगौली गाउँपालिकाको अध्यक्षमा एमाले, उपाध्यक्षमा कांग्रेस

September 21, 2017

पर्साको पटेर्वा सुगौली गाउँपालिकामा नेकपा एमाले विजयी भएको  छ ।

नेकपा एमालेका अध्यक्षका उम्मेदवार हरिनारायण चौधरीले २ हजार ९ सय ५७ मत प्राप्त गरी विजयी भएका हुन्।

चौधरीले नेपाली कांग्रेसका उम्मेदवार दिनेश चौधरीलाई ९० मतको अन्तरले पराजित गरेका हुन्। दिनेश चौधरीले २ हजार ८ सय ६७ मत प्राप्त गरे।

उपाध्यक्षमा भने नेकपा एमालेकी सञ्जु चौधरीलाई हराउँदै नेपाली कांग्रेसकी ममता चौधरी विजयी भएकी छन्।

सम्बन्धित समाचार