पर्साको पटेर्वासुगौली गाउँपालिका वडाध्यक्षमा एमाले विजयी

September 19, 2017

पर्सा । पटेर्वासुगौली गाउँपालिकाको वडा नं १ मा नेकपा (एमाले)को समूह विजयी भएको छ ।

अबेर रातिदेखि शुरु भएको मतगणना बिहान सम्पन्न हुँदा वडाध्यक्षमा एमालेका अरमान मियाँ अन्सारीसहित पाँचै जना विजयी भए ।

अन्सारीले आप्mना प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सुलमान मियाँ दर्जीलाई १८५ मतको अन्तरले पराजित गरेको पटेर्वासुगौली गाउँपालिकाका निर्वाचन अधिकृत रामचन्द्र शर्माले जनाकारी दिए ।

सम्बन्धित समाचार