पासाङले लेखेको गीतको म्युजिक भिडियो भाइरल

December 2, 2017

न्युयोर्क । कुटकुटु गीतको चर्चा सेलाउन नपाउदै नायिका स्वास्तिका खड्का ‘नरोउ तिमी’ गीतको म्युजिक भिडियोबाट पनि पुन चर्चामा पुगेकी छन् ।

गीतको शब्द चयनसँगै गायिका निखिता थापाको स्वर तथा खड्काको अभिनयले म्युजिक भिडियो यतिखेर भाइरल बनेको छ । माया र प्रेममा आधारित गीत गीतकार पासाङ शेर्पाले रचना गरेका हुन् ।

शेर्पाकाअनुसार यो गीत रच्न करिब एक वर्ष लागेको थियो । न्युयोर्कको ज्याक्सनहाइटमास्ट्राकिङ चलाउदै आएका गीतकार पासाङले ग्राहकहरुको कपाल काटी सकेपछि बचेको समयमा यो गीत रचेका हुन । ‘मेहेनतको फल मिठो हुन्छ भनेको हो रहेछ,’ गीतकार पासाङले भने, ‘यो गीतको चर्चासँगै शब्द चयनमा खर्चेको मेरो समय खेर नगएझै लागिरहेको छ ।’

सोलुखुम्बु चौरिखर्क निवासी पासाङ नेपालदेखि नै गीत लेख्दै आएका गीतकार हुन् । नेपालमा पर्यटन क्षेत्रमा लागिरहेका बेला पासाङले वरिष्ठ गायक ल्हाक्पा शेर्पाले गाएको, ‘साँझ ढलेको थाहै भएन’ र ‘तल प¥यो सल्लेरी बजार’ जस्ता चर्चित गीतहरु लेखेका हुन् । त्यतिखेर यो गीतले रेडियोमा निकै चर्चा पाएको थियो । यसपटक उनले लेखेको नरोउ तिमी गीत काठमाडौंमा रहेको आप्mनै दाई ल्हाक्पा गेल्जेनले म्युजिक भिडियो बनाउन मद्दत गरे । म्युजिक भिडियो सार्वजनिक गर्नु अगावै युट्युबमा राखेको ४ दिनमै ४ लाख बढीले हेरे । वरिष्ठ संगीतकार मदन दिपदिम, हरि लम्साल, राजकुमार बगर, सुरेश अधिकारी, नरेन्द्र प्यासीको संगीत रहेको ‘नरोउ तिमी एल्बम’मा बरिष्ठ गायक ल्हक्पा शेर्पासँगै, गायिका निखिता थापा, मेलिना राई, पहिलो नेपाल तारा दिपक लिम्बू र पहिलो नेपाल आइडल बुद्ध लामाको स्वर एल्बममा रहेको छ ।

‘यो एल्बम रिलिज गर्न केही प्राविधिक कारणले ढिलाई भए पनि एल्बममा समवेश गरिएको “नरोउ तिमी भन्छौ भने“ टाइटल गीतको म्युजिक भिडियो मंसिर १ गतेबाट विभिन्न नेपाली टेलिभिजन र युट्युब, फेसबुकबाट एकैसाथ रिलिज भयो,’ गीतकार शेर्पाले भने । एल्बमको भिडियोमा चर्चित संगीतकार हरि लम्सालको संगीतमा, म तिम्रो नाफापेको मान्छे, मायासँग माया जस्ता र अन्य दर्जनौं चर्चित गीतहरु गाएर स्रोताको मन जितिसकेकी गायिका निखिता थापाको स्वर रहेको छ । करिब ४ मिनेट ४५ सेकेन्डको म्युजिक भिडियोमा क्यामेरामेनमा अर्जुन तिवारी, सम्पादनमा निशान घिमिरे र मेकाप अर्टिस्टको रुपमा सामारा लामा रहेको छ ।

सम्बन्धित समाचार