६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

पशुपति शम्शेर स्वास्थ्य उपचारका लागि पुन: भारत प्रस्थान


१८ फाल्गुन २०७४, शुक्रबार  

0
Shares

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शम्शेर राणा स्वास्थ्य उपचारका लागि आज भारत प्रस्थान गरेका छन् ।

आयुर्वेदिक पद्धतिबाट उनको स्वास्थ्योपचार गराइने पार्टीले जनाएको छ । अध्यक्ष राणा उपचारका क्रममा एक साता भारत बस्ने सन्दर्भमा पारिवारिक तथा निजी भेटघाटका कार्यक्रम तय गरिएको छ ।

सोही क्रममा भारतका विभिन्न दलका महत्वपूर्ण नेतासँग भेट तथा छलफल हुने पार्टीका महामन्त्री राजाराम श्रेष्ठले जानकारी दिए। उनको यही फागुन २४ गते स्वदेश फर्कने कार्यक्रम छ ।

यसअघि पनि राणा उपचारकै क्रममा करिब तीन साता लामो समय भारत बसेर तीन दिनअघि मात्र नेपाल आएका थिए।

प्रकाशित मिति : १८ फाल्गुन २०७४, शुक्रबार  १० : १९ बजे