अमेरिकामा पर्यटन पत्रकारिता

May 18, 2017

नेपालमा एक दशक पर्यटन पत्रकारितामा कलम चलाएको नसाले अमेरिकामा पनि छोडेन । सरकारी सञ्चारमाध्यममा कुनै दबाव र प्रभावमा नपरी स्वतन्त्र ढंगले पत्रकारिता गर्न रोजेको ‘बिट’ लाई अमेरिकामा पनि बिसाउन सकिएन । पर्यटन पत्रकारिताले मलाई अमेरिकाको राजधानी वासिङटन डिसी, बिग एप्पल न्युयोर्क र द गोल्डेन स्टेट क्यालिर्फाेनियासम्म पु¥यायो ।
विश्वभरका ट्राभल राईटर र पर्यटन व्यबसायीलाई लक्षित गर्दै न्युयोर्क टाईम्सको आयोजनामा भएको कार्यक्रममा सहभागिताले मलाई अमेरिकामा पर्यटन पत्रकारितातर्फ उर्जा थप्यो । न्युयोर्क टाईम्सको निमन्त्रणामा नेपालबाट पर्यटन प्रबद्र्धन सम्बन्धि कार्यक्रममा सहभागिता जनाउन पाउनु मेरो लागि गर्वको विषय नै थियो । सो अवसरमा विश्वमा ‘ट्राभल राइटिङ’ को अबस्था, भविष्य र केही प्रख्यात लेखकको प्रवचन पनि सुन्न पाईयो । पर्यटन पत्रकारिता रोमाञ्चकसंगै जिम्मेवारीपूर्ण भएको पाठ पनि सिक्न पाएँ । पर्यटन पत्रकारिताका चुनौती र अबसरको सम्बन्धमा जान्न पाए । विश्वभरका पर्यटन ब्यबसायी, पत्रकारको जमघटले समय गएको पनि पत्तै भएन । न्युयोर्क टाइम्सको फेयरमा केही नेपाली पर्यटन व्यबसायीसंग भेट र कुराकानी गरी समाचार बनाउने अवसर पनि पाएँ । यो सहभागिताले विश्वको सबैभन्दा महंगो सहरमध्यको एक न्युयोर्कको पर्यटन सम्बन्धी केही लख्न,े जान्ने र बुझ्ने हैसियत बनाएँ । न्युयोर्क भ्रमण र त्यहाको पर्यटनसम्बन्धी जानकारी हासिल गरें । न्युयोर्कमा आन्तरिक र बाह्य गरी बार्षिक ५० लाखभन्दा बढी पर्यटक आउछन् । त्यसको प्रमुख एक कारण संचारमाध्यमको प्रचारप्रसार नै रहेछ । विश्वका सञ्चारमाध्यमको ‘हव’ न्युयोर्कलाई मिडियाले नै थप सुन्दर बनाइदिएको रहेछ ।
युरोप, सिंगापुरलगायत विश्वका दुई दर्जन देश भ्रमण गरिसकेको मलाई न्युयोर्कको पर्यटनले खासै आकर्षित गर्न सकेन । कृत्रिम रुपले न्युयोर्कको पर्यटन उत्कृष्ट भएपनि प्राकृतिक दृष्टिले त्यति आकर्षित लागेन । न्युयोर्कका प्रमुख आकर्षण भनेकोे लिभर्टि अफ स्ट्याट्यु, टाइम्स स्क्वायर, इम्पाएर स्टेट विल्डिङ, वल्र्ड ट्रेड सेन्टर, ग्राण्ड सेन्टर टर्मिनल, सेन्ट्रल पार्क, ब्रुकलिन ब्रिज, न्युयोर्क पब्लिक लाइब्र्ेरी, वाल स्ट्रीट, इलिस आइसल्यान्ड, ब्रोडवे थिएटर, रकफेलर सेन्टर, मेट्रोपोलिटियन म्युजियम, कोने आइसल्यान्डलगायत नै हुन् । यी सबै मानव निर्मित कृत्रिम सम्पदा हुन् । तर पनि बार्षिक लाखौ पर्यटक न्युयोर्क आउछन् भने पर्यटन क्षेत्रले मात्र ५ लाख भन्दा बढी रोजगार सिर्जना गरेको छ ।
न्युयोर्क सहर घुमिरहदा त्यो भन्दा पर्यटकीय रुपमा नेपाल पनि कम छैन भन्ने लाग्यो । टाइम्स स्क्वायरसँग विश्व सम्पदा सूचिमा सूचिकृत बसन्तपुर दरवार स्क्वायर दाज्न मन लाग्यो । लिभर्टि अफ स्ट्याट्युले फेवातालको बिन्द बासनी मन्दिर सम्झायो । इम्पाएर स्टेट विल्डिङले धरहरा र सुन्धारा झझल्को दियो । न्युयोर्क पब्लिक म्युजियम र सेन्ट्रल पार्क भन्दा ठमेलमा रहेको ‘द गार्डेन अफ ड्रिम्स’ कम लागेन । विश्वको सम्पन्न, सक्तिशाली देश अमेरिकाको न्युयोर्कमा रहेको विल्डिङ र थिएटरभन्दा काठमाडौंको सिभिल मल, सिटी सेन्टर पनि कम छैन । न्युयोर्क घुमिरहदा चारैतिरबाट पहाडले घेरिएको हिमालको काखमा रहेको हाम्रो राजधानी काठमाडौंको सुन्दरता हेर्न आखाँहरुमा किन कमी आएको होला जस्तो महसुस पनि भयो ।

न्युयोर्कपछि वासिङ्टन डिसी घुम्ने अवसर पाए । अमेरिकाको प्रतिष्ठित ट्राभल सो एडडभाञ्चर ट्राभल फेयरमा सहभागिता जनाउन डिसी पुगे । अमेरिकाको यो पर्यटन महोत्सवमा नेपाली व्यबसायसंगै विश्वभरका प्रतिष्ठित करिब तीन दर्जनभन्दा बढी पर्यटन सम्बन्धित कम्पनीले सहभागिता जनाएका थिए । नेपालबाट भने मकालु एडभाञ्चरलगायत केही पर्यटनसंग सम्बन्धित प्रतिष्ठित कम्पनीले सहभागिता जनाएका थिए । डिसीमा नेपालका पर्यटन ब्यबसायीले राम्रो ब्यापार गरी नेपाल घुम्ने प्याकेज विक्री गरेको देख्दा खुसी पनि लाग्यो । सो अबसरमा अमेरिकामा नेपालको पर्यटन प्रबद्र्धन गरिरहेका केही पर्यटन व्यबसायीसंग चिनजान पनि भयो । पर्यटन ब्यबसायीले ब्यक्तिगत खर्चमा अन्तराष्ट्रियस्तरमा यस्ता कार्यक्रममा सहभागिता जनाएको देख्दा गर्व पनि लाग्यो । नेपाल पर्यटन बोर्डले अन्तराष्ट्रियस्तरमा पर्यटनको प्रबद्र्धनमा करोडौ रुपिँया खर्च गरेपनि त्यस्को राम्रो प्रतिफल दिन नसकेको अबस्थामा निजी क्षेत्रबाट हुने यस्ता कार्यक्रममा नेपालको पर्यटन प्रबद्र्धनमा सहयोग पुगेकै छ ।

लेखकः सञ्जोग अाचार्य

अमेरिकाको राजधानी डिसी पनि विश्वको पर्यटकको लागि आकर्षणको केन्द्र नै हो । विश्वको सबैभन्दा शक्तिशाली राष्ट्रपति बसोवास गर्ने ह््वाइट हाउस हेर्न मात्र सयौको सख्ंयामा दैनिक पर्यटक डिसी आउछन् । न्युयोर्क शहरभन्दा मलाई डिसी केही हराभरा, आकर्षित र राम्रो लाग्यो । वासिङटनमा डिसीमा पर्यटक बस्नको निकै सस्तो ५० डलरसम्मको कोठा पनि पाइन्छ । खान र बस्न न्युयोर्कको तुलनामा राजधानी भएपनि डिसी सस्तो लाग्यो । डिसीमा द क्यापिटल विल्डिङ, वासिङटन मोनुमेण्ट, नेशनल म्युजियम अफ द अमेरिकन इण्डियन, केनेडी सेन्टर, यूएस सुप्रिम कोर्ट, फोर्ड थिएटर, बोटेनिक गोर्डेन नै प्रमुख हुन् । डिसी भ्रमण गरेपछि राजनीतिक रुपले विश्वकै ध्यानाकर्षण गर्न सफल नेपालको सिंहदरबारलाई ह्वाइटहाउससंग दाज्न मन लाग्यो भने नारायणहिटी प्यालेसलाई डिसी गरिएजस्तै विश्वको एक प्रमुख संग्राहलयको रुपमा स्थापित गर्न सकिन्छ भन्ने लाग्यो ।
अमेरिकाको वासिंगटन डिसी र न्युयोर्कमा भएको यी दुई ठूला कार्यक्रमपछि नेपालीहरुकै तत्परतामा गोल्डेन स्टेटको रुपमा चिनिएको क्यालिफोर्नियामा भएको ‘नेपाल डे’ मा पर्यटन पत्रकारको हैसियतले सहभागिता जनाउने अबसर पाए । नेपालको पर्यटन र घरेलु उत्पादन प्रबद्र्धन गर्न बार्षिक रुपले गरिने नेपाल डे कार्यक्रममा पनि सहभागिता जनाएर समाचार सकंलन गरे । क्यालिफोर्नियाको सनफ्रान्सीस्को, सेक्रेमेन्टो र नेपाली समुदायको बढी बसोवास रहेको बे एरिया घुम्ने अबसर पाइयो । क्यालिफोर्नियामा नेपालका टुरिजम एम्बेस्डर अनिल पाण्डेसंगै नेफ्का प्रतिनिधिसंग भेट्ने अबसर मिल्यो । क्यालिफोर्नियामा नेपालको पर्यटन प्रबद्र्धन र नेपाललाई चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने ब्यक्तित्वहरुको भेटले धेरै विषय जान्ने र सिक्ने अबसर पाइयो । स्थानीय उद्धव गिरी, गजेन्द« अधिकारी, क्रृषिप्रसाद, ढकाल, एकराज पाण्डे, विमल गुरागाईजस्ता ब्यक्तित्वसंग भेट्ने अबसर पाए । लस एञ्जल्समा पशुपति मन्दिर निर्माण गरी धार्मिक पर्यटन प्रबद्र्धन गर्ने देखि क्यालिफोर्नियाका विभिन्न समाज सेवा क्षेत्रमा यी ब्यक्तित्वहरुको सक्रिय सहभागिता देखेर मन प्र्रसन्न पनि भयो ।
न्यालिफोर्निया न्युर्योक र डिसीको तुलनामा प्राकृतिक रुपले मलाई एकदम राम्रो लाग्यो । हावापानी, बसोवासको दृष्टिले पनि क्यालिफोर्निया राम्रो रहेछ । बार्षिक लाखौको संख्यामा पर्यटकले आउने क्यालिफोर्नियाको गोल्डेन ब्रिज हेर्ने अबसर पाइयो । लस एञ्जल्समा रहेको हलिउड थिएटर पुगियो । किंग्स क्यान्योन नेशनल पार्कमा हाइकिङ, ट्रेकिङ, सनफ्रान्सीस्कीको डाउनहीलमा ड्राइभिङ, सान्टा आइसल्याण्डमा तापको मजा, समुन्द«को छालसंगै लुकामारी, हिमाली र पहाडी दृश्यावलोकन गर्दै ‘लङ ड्राइभिङ’ ले क्यालिफोर्नियामा थकान महसुस भएन । लाग्थ्यो कि म कुनै एउटा स्वर्गको कुनामा छु । क्यालिफोर्नियालाई नजिकबाट बुझेर नियालेर यसको बारेमा लेख्दा बेग्लै मजा पनि आयो । अझ त्यसमाथि क्यार्लिफोर्नियाको मेयरले पत्रकारितामार्फत नेपालको पर्यटन प्रबद्र्धन गर्न महत्वपूर्ण योगदान पुर्याएको भन्दै सम्मान गर्दाको उत्साह भने बेग्लै थियो । त्यसको लागि मदरल्याण्ड नेपाललाई धन्यबाद दिनै पर्छ । नेपाल अमेरिका पर्यटन पत्रकार संघको अध्यक्षको हैसियतले यो सम्मान पाउदा मलाई थप जिम्मेबारीको महसुस भएको थियो ।

 

पर्यटन पत्रकारिताको दौरान मैले नेदरल्याण्ड्स, जर्मन, बेल्जियम, बंगलादेश, थाईल्याण्ड, मलेसिया, सिंगापुर, राजस्थानलगायतका स्थानको भ्रमण गरी कलम चलाइसकेको थिए । तर, विश्वको सक्तिशाली देश अमेरिका भ्रमण गरी कलम चलाउनुको आनन्द म शब्दमा वर्णन गर्न सक्दिन । अझ त्यसमाथि अमेरिकाको न्युयोर्क शहरबाट संचालित एभरेष्ट टाइम्सको पर्यटन पृष्ठको संयोजकको जिम्मेबारी दिएर पत्रकार आङछिरिङ शेर्पाले मलाई लेखनमा थप उर्जा दिए । शेर्पा आफै पनि कान्तिपुर दैनिकमा आबद्ध रही पर्यटन क्षेत्रमा कलम चलाउदैँ विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने पत्रकार थिए । उनको प्रस्तावलाई मैले नकार्न पनि सकिन । नेपालमा करिब एक दशक गोरखापत्र दैनिकमा पर्यटन क्षेत्रमा रही कलम चलाएको मलाई अमेरिकामा पनि पर्यटन पत्रकारिताको नशाले छोडेन । अमेरिकामा रहेको पत्रकारहरुको साझा संगठन नेजाको सदस्यको हैसियतले र मलाई अमेरिकामानै रही पर्यटन क्षेत्रमा कलम चलाउने केही पत्रकारहरुले नेपाल अमेरिका पर्यटन पत्रकार संघको अध्यक्षको हैसियले दिएको जिम्मेबारीलाई मजबुत बनाउदै ब्यस्तताको बावजुत पनि अमेरिकामा पर्यटन क्षेत्रमा नै कलम चलाउने प्रतिबद्धता ब्यक्ति गर्न चाहन्छु । धन्यबाद

सम्बन्धित समाचार