Everest Times

एक्कासि किन अस्पताल भर्ना भए कांग्रेस नेता कृष्ण सिटाैला ?

काठमाडौं/स्वास्थ्यमा समस्या आएपछि कांंग्रेस केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला अस्पताल भर्ना भएका छन् । सिटौलालाई सोमबार बेलुका ६ बजे भर्ना गरिएको हो । कांग्रेसको झापामा हुने आमसभाका लागि पुगेका सिटौलाको प्रेसर घटेपछि अस्पताल भर्ना गरिएको उनीनिकट स्रोतले जानकारी दियो ।

‘पश्चिम नेपालसहितका ठाउँमा डुल्दा उहाँलाई डायरियाको समस्याको समस्या भइरहेको थियो । सोमबार साँझ प्रेसर घटेपछि डाक्टरको सल्लाहमा अस्पताल भर्ना हुनुभएको हो,’ सिटौला निकट स्रोतले भन्यो, ‘डाक्टरले घरमै आएर हेरेपछि झापा बिर्तामोडको बिएनसी अस्पतालमा भर्ना गरिएको हो ।’ नयाँ पत्रिकामा खबर छ ।

प्रतिकृया दिनुहोस्