नायिका वर्षा सिवाकोटीसंग पवन भट्टराईको बिहे, पुष्पको यस्तो वियोग, : हेर्नुस् भिडियोमा

January 23, 2019

काठमाडौं  । गायक तथा संगीतकार कन्काइष्ट राईको आवाजमा रहेको नयाँ गीत ‘अरुकै सिन्दुरले सजिए पनि’ सार्वजनिक भएको छ । उक्त गीत ‘नशा’ एल्बमको शीर्ष गीत हो ।

गीतमा गीतकार नरेन्द्र खनाल को एकल शब्द रचना तथा कन्काइष्ट राईको एकल स्वर तथा संगीत सिर्जना रहेको छ । निकेश खड्काको निर्देशन तथा बुद्ध थापाको छायाँकनमा निर्माण भएको उक्त भिडियोमा नायिका बर्षा सिवाकोटी, नायक पुष्प खड्का र मोडल पवन भट्टराई को अभिनय रहेको छ ।

गीतको भिडियोमा आफ्नो प्रेमीकाको अर्को ब्यक्तिसँग विवाह हुँदा प्रेमीको पीडालाई उतार्न खोजिएको छ । भर्जिन स्टुडियोमा रेकर्ड भएको उक्त गीतलाई महाराज थापाले एरेन्ज गरेका हुन् । सुवल थापाको उत्पादन र विकास धमलाको सम्पादन रहेको गीतलाई भर्खरै ओएसआर डिजिटल युटुव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

यसअघि चार वटा एकल एल्बम सार्वजनिक गरिसकेका राईका ‘तिमीले माया लाउँदा सरकार ढल्छ भने ढलोस्’, ‘मुटुभित्र देउन मलाई बास’ लगायतका गीतहरु लोकप्रिय भैसकेका छन् । राईले अहिलेसम्म करिब तीन सय भन्दा माथि गीतहरुमा आवाज तथा संगीत भरिसकेका छन् ।

सम्बन्धित समाचार