शेर्पा रिग्सुङ लोप्टा नवौं वर्षमा, पहिलो पटक काटियो फेमार

December 5, 2018

एभरेस्ट टाइम्स/न्युयोर्क

शेर्पा किदुगले शेर्पा भाषा, संस्कृति र बौद्ध दर्शन अध्ययनको लागि न्युयोर्कमा स्थापना गरेको पाठशाला शेर्वी रिग्स्ययुङ लोप्टाले नवौं बार्षिकोत्सव विशेष कार्यक्रमको साथ मनाएको छ । किदुगको आप्mनै भवनमा भएको कार्यक्रममा बिहानी पख धार्मिक पूजासँगै पाठशालामा अध्ययन विद्यार्थीहरुको प्रस्तुतिसँगै धर्म गुरु आवतारी लामा टुल्कुले फेमार काटेर बार्षिकोत्सव उद्घाटन गरेका थिए ।

 

वार्षिकोत्सवमा केकको बदलामा शेर्पा समुदायको मौलिक संस्कृति झल्किने फेमार पहिलो पटक काटेको हो । शेर्पा समुदायमा फेमार विशेष गरी विवाहलगायत धार्मिक कार्यक्रमहरुमा प्रयोग गरिँदै आएको छ । बिहानी पुजामा छेचु छोक्पाका लामाहरु र श्यार्वी रिग्श्युङ् लोप्टाका विद्यार्थीहरुले सामुहिक रुपमा पाठ गरेका थिए । पाठशालामा ९ वर्षसम्म निरन्तर रुपमा लोप्टाका प्रमुख प्रशिक्षक लोपेन गिर्मी छोढकले ज्ञान बाँड्दै आएका छन् । उनले शनिवार र आइतवार हरेक हप्ता प्रवचन, धार्मिक ज्ञानहरु बाँड्दै आएका थिए । कार्यक्रममा अवतारी लामा टुल्कुले प्रवासमा शेर्पा समुदायको भाषा, धर्म र संस्कृतिको संरक्षणमा रिग्श्युङ् लोप्टाले अमेरिकामा पु¥याएको योगदानको चर्चा गरे ।

रिग्सुङ लोप्टासँगै किदुगले सञ्चालन गर्दै आइरहेको शेर्पा र नेपाली भाषा कक्षा शुरु भएको दुई बर्ष भएको वार्षिकोत्सवसमेत मनाएका छन् । अमेरिकामा जन्मेका बालबालिकालाई नेपाली र शेर्पा भाषाको शिक्षा दिनु आजको आवश्यक्ता भएकोले किदुगको यो कार्यले समाजमा फाइदा पुगेको अवतारी लामा टुल्कुले बताए । प्रवासको व्यस्त जीवनमा रिग्स्युङबाट ज्ञान लिने विद्यार्थीहरु र ज्ञान दिने प्रशिक्षक गिर्मी छोढकको ९ बर्षको यात्रा अविष्मरणीय र ज्ञानबद्र्धक रहेको बताएका थिए । कार्यक्रममा प्रमुख प्रशिक्षक गिर्मी छोढकले आफूले पाएको ज्ञान बाँड्न पाएकोमा खुसी मान्दै रिग्सुङमा आएर ज्ञान लिनेहरुले जीवनमा फरक उपलब्धि हासिल गरेको बताएका थिए ।

 

कार्यक्रममा विश्व शेर्पा मञ्चका वरिष्ठ उपाध्यक्ष दावा जाङ्बु शेर्पाले विश्व शेर्पा मञ्चले विश्वभरकै शेर्पाहरुको भाषा, संस्कृतिलाई एकरुपता ल्याउने प्रयास गरेको बताए । उनले रिग्श्युङ् लोप्टाबाट ज्ञान लिनेहरुले व्यवहारमा लागु गर्नु सके सार्थक हुने बताएका थिए । त्यस्तै बालबालिकाको प्रशिक्षक लामा नाम्डोल ग्याछोले शेर्पा किदुगको लक्ष्य र उद्देश्य अनुरुप भाषा र धर्मको संरक्षणको लागि निरन्तर लाग्ने बताएका थिए ।

किदुगका अध्यक्ष उर्गेन शेर्पाको सभापतित्वमा भएको कार्यक्रममा श्यार्वी रिग्श्युङ् लोप्टामा अध्ययनरत बालबालिकाले शेर्पा गीत तथा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा धर्म गुरुहरु लामा टुल्कु, लोपेन ग्युर्मे छोडक र लामा नाम्डोल ग्याछोलाई पाठशालाको विद्यार्थीको तर्फबाट मण्डल चढाएर आभार प्रकट गरिएको थियो । कार्यक्रममा पाठशालाका संयोजक श्रीमती रिन्जी शेर्पा र संयोजक तेम्बा शेर्पा, लोप्टाका सदस्य पासाङ् काजी शेर्पा, बाल कक्षाका प्रबन्धक ल्हाक्पा तेन्जी शेर्पा र अभिभावकको तर्फबाट श्रीमती फुनिमा शेर्पाले बार्षिकोत्सवको बारेमा मन्तव्य राखेका थिए । किदुगको महासचिव तेन्डी शेर्पा र श्रीमती पासी शेर्पाले कार्यक्रम सञ्चालन गरेका थिए । पूजा, साँस्कृतिक कार्यक्रमसँगै दिउँसो स्वास्थ्यसम्बन्धी चेतनामुलक कार्यक्रमसमेत भएको थियो । कार्यक्रममा श्रीमती जाङ्मु शेर्पा, श्रीमती पासी शेर्पा र सुश्री छिरिङ् ल्हामु शेर्पाले स्वस्थ्य सम्बन्धी जानकारीमुलुक कार्यक्रममार्फत जानकारी दिएका थिए ।

सम्बन्धित समाचार