‘होइ डोल्मो, होइ पल्मो’ सेलोमा मिस मंगोल र मिस शेर्पा फिचर्ड [भिडियो]

January 26, 2019

काठमाडौं: गायक फूर्बा शेर्पाको ‘होइ डोल्मो, होइ पल्मो’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । लाक्पा साङ्गे शेर्पाको शब्द तथा फूर्बा शेर्पाको संगीत र स्वरमा रहेको ‘होइ डोल्मो, होइ पाल्मो’ गीतको भिडियो योहो टीभीको युट्यूब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

हिमाली गाउँ – २ मा समाविष्ट ‘होइ डोल्मो, होइ पल्मो’ यस्तै मीस शेर्पा २०१७ की सोनाम डोल्मा शेर्पा र मीस मंगोल २०१८ की जाङबु इन शेर्पाको पनि सशक्त अभिनय रहेको छ । गीतमा ‘टिञ्छेन फम’ का नायकहरु कुङ्गा शेर्पा र छोङबा शेर्पाले अभिनय गरेका छन् ।

सेलोमा आधारित यो गीत निर्माणका लागि गायक शेर्पाले राम्रै मिहेनत गरेका छन् । शेर्पा भन्छन् ‘पहिलो गीति एल्बम हिमाली गाउँ १ को सफलताले नै मलाई हिमाली गाउँ भाग २ ल्याउन प्रेरित ग¥यो । मैले यसमा अझ मिहेनत गरेको छु । यसबाट राम्रै सफलताको आशा गरेको छु । हाम्रो कमाई भन्नुको दर्शकको माया हो ।’

पहिलो एल्बम हिमाली गाउँ १ मा – पाँच वटा गीत समावेश गरेका फूर्बाले हिमाली गाउँ २ मा पनि पाँचै वटा गीत समावेश गरेका छन् । ती मध्ये ‘होइ डोल्मो, होई पल्मो’ को मात्र म्युजिक भिडियो निर्माण गरिएको हो ।

शेर्पा समुदायमा चर्चित मानिने मोडलहरुले नै अभिनय गरेको, सेलो लय र शब्द नेपालीमै भएकाले यो कुनै जाति विशेषको मात्र गीत नरहेको उनले बताए । ‘अभिनय पक्ष सशक्त छ, मेरो यो गीत हिट हुनेमा म विश्वस्त छु’ शेर्पाले भने ।

सम्बन्धित समाचार