रक्साैल अमलेखगञ्ज पाइपलाइन निर्माणकार्य निरन्तरता दिने

May 29, 2017

काठमाडौं । सरकारलेे रक्साैल अमलेखगञ्ज पाइपलाइन निर्माणकार्य निरन्तरता दिने भएको छ ।  वान वेल्ट वान रोडबाट लाभ लिन सक्ने गरी रणनीति बनाइनेछ । भारत चीन जोड्न सकिने सडक सञ्जाल निर्माण गरिनेछ ।

पस्मिना, कफी, चिया, अदुवा, अलैची लगायतका निर्यातजन्य बस्तुहरूको उत्पादन बृद्धिका लागि कार्यक्रम तय गरिनेछ । थप अाैधाेगिक क्षेत्रहरू स्थापनाको पहल गरिनेछ ।

गरिवीको रेखामूनि रहेका जनतालार्इ स्थानीय तहको सिफारिसका अाधारमा सहुलियन ऋण उपलब्ध गराइनेछ । पिछडिएका ग्रामिण महिला उन्मुख उद्यम कार्यक्रमलार्इ जोड दिइनेछ ।

युवा उद्यम कार्यक्रमलार्इ निरन्तरता दिइनेछ । गैरअावासीय नेपाली समुदायलार्इ नेपालमा लगानीका लागि प्रोत्साहन गरिनेछ ।

सम्बन्धित समाचार