LIVE VIDEO-प्रधानमन्त्री देउवा पद तथा गोपनियताको सपथ खाँदै

June 7, 2017

काठमाडौं  । मंगलबार प्रधानमन्त्रीमा निर्वाचित कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार सपथ लिदैछन् । अाजै सानो आकारको मन्त्रिपरिषद गठन हुने भएको छ । माओवादी केन्द्रबाट तीन र कांग्रेसबाट तीन जनाको नाम तय भएको छ ।

नेपाली कांग्रेसले पहिलो चरणमा मन्त्रीका लागि तीन जनाको नाम तय गरेको छ । नेता गोपालमान श्रेष्ठ, ज्ञानेन्द्रबहादुर कार्की र फरमुल्लाह मन्सुरलाई पठाउने निर्णय गरेको छ ।  श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायात, कार्कीले अर्थमन्त्रालय सम्हाल्ने भएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सपथ ग्रहण समारोह नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले बहिस्कार गर्ने भएको छ । उसले सरकारमा आफ्नो तर्फबाट मन्त्रीसमेत नपठाउने निर्णय गरेको छ ।

सम्बन्धित समाचार