सुप हिंडे प्रधानमन्त्री, भोट हालेर मात्र काठमाडाैं फर्कने

June 23, 2017

काठमाडाैं । असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा प्रदेश नम्बर ७ मा पुगेका छन् ।

 

प्रधानमन्त्री देउवा असार ९ अर्थात अाज विहान धनगढी पुगे।

सभापति देउवा धनगढीमा पार्टीको कार्यक्रम सकेर दिउँसो कञ्नचपुराको झलारीमा चुनावी संवोधन गर्न पुग्नेछन र महेन्द्रनगरको कार्यक्रमलाई संवोधन गर्नेछन् ।

प्रधानमन्त्री देउवा शुक्रबार महेन्द्रनगरमै बस्नेछन् । शनिबार डडेलधुराको जोगबुढा जाने कार्यक्रम छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री देउवा असार १४ गतेको चुनाव सकेरमात्र काठमाडौं फर्कने छन् । सो क्रममा उनले सात प्रदेशका विभिन्न जिल्लाका दर्जनौं कार्यक्रममा सहभागीता जनाउने छन् ।

सम्बन्धित समाचार