सबै पूर्वप्रधानमन्त्री र प्रधानमन्त्रीले सहज जित निकाले

December 11, 2017

काठमाडौं: प्रतिनिधि सभा सदस्यका लागि भएको निर्वाचनमा  प्रधानमन्त्री र सबै पूर्व प्रधानमन्त्रीहरु विजयी भएका छन्।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेलधुराबाट चुनावी प्रतिस्पर्धी बनेका थिए । एउटा मात्र क्षेत्र रहेको डडेल्धुरामा  माओवादी नेता खगराज भट्टलाई पराजित गर्दै देउवा छैटौं पटक विजयी भएका हुन्।

 

त्यसैगरी पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली पनि झापा ५ बाट विजयी भएका छन्। काँग्रेसले खगेन्द्र अधिकारीलाई पराजित गर्दै ओली विजयी भएका हुन्।

यसैगरी पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल काठमाडौं–२ बाट निर्वाचित भएका छन्। कांग्रेसका निवर्तमान सांसद दीपकप्रसाद कुईकेललाई पराजित गरी नेपाल विजयी भएका हुन्।

 

यता पूर्वप्रधानमन्त्री झलनाथ खनाल इलाम १ बाट विजयी भए। उनीसँग प्रतिस्प्रर्धा गर्न नेपाली कांग्रेसले पूर्व क्षेत्रीय सभापति भुपेन्द्र कट्टेलले प्रतिस्पर्धा गरेका थिए।

 

पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन ३ बाट निर्वाचित भए। लोकतान्त्रिक गठबन्धनबाट राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष विक्रम पाण्डे उनका प्रतिस्पर्धी थिए ।

पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई गोर्खा २ बाट निर्वाचित भए। उनीसँग माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए।

 

सम्बन्धित समाचार