तिम्रै लागि [कविता]

June 14, 2018

नाराज छ बिहानीको झिसमिसे मै
गुमसुम छ भित्रभित्रै
देखिएन उज्यालो झिल्को सम्म
धेरैबेर सँगैको उठबसमा पनि

आकाश शान्त छ
पृथ्वी खामोश छ
तर मेरो ढुकढुकी बढेको छ
मेरो चिन्ता गहिरीएको छ

अध्यारोले घेरिएको छ जिन्दगी
दुःखले भरिएको छ कहानी
देखिएन उज्यालो कहीं कतै
अब छैन आश पनि

अरुण कुमार बज्राचार्य

सानो भर्‍याङ, काठमाडौं।

सम्बन्धित समाचार