पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा एमालेका जिसी निर्वाचित

May 26, 2017

पोखरा । पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा नेकपा एमालेका मानबहादुर जिसी विजयी भएका छन् ।

जिसीले कांग्रेसका उम्मेदवार रामजी कुँवरलाई झण्डै १४ हजार मतान्तरले पराजित गरे । जिसीले ६० हजार ४२३ मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी कुँवरले ४६ हजार ४७३ मत पाए । कुँवरलाई नेकपा माओवादी केन्द्रले समेत समर्थन गरेको थियो ।

उपमेयरमा पनि एमालेकै मञ्जु गुरुङ विजयी भइन् । उनले कांग्रेस उम्मेदवार सरस्वती कुँवरलाई झण्डै १४ हजार मतान्तरले पराजित गरिन् ।

मञ्जुले ५६ हजार ४४८ मत पाइन् भने सरस्वतीले ४४ हजार ३३८ मत पाएकी छन् ।

सम्बन्धित समाचार