‘सैलुङ पोङ्दी’ लिएर आए राजु लामा, मोडलिङमा मीनाको साथ[भिडियो]

February 18, 2019

काठमाडौं । अमेरिका निवासी कर्म धुन्डुप योन्जन निर्माता रहेको ‘सैलुङ पोङ्दी’ बोलको गीतको भिडियो हालै यसका गायक राजु लामाको युट्युब च्यानलबाट सार्वजनिक भएको छ । गत मंगलबार सार्वजनिक गरिएको भिडियोको भ्युअर्स यो समाचार लेख्नेसम्ममा एक लाख पचास हजार नाघी सकेको छ ।

 

चर्चित सांगीतिक समूह ‘मंगोलियन हर्ट’का गायक राजु लामाको स्वर रहेको यस गीतका गीतकार हस्त लामा ‘हार्दिक’ र सँगीतकार बिशाल काल्तन रहेका छन् । उक्त गीतको म्युजिक भिडियोमा मोडलिङ पनि राजु लामा आफैले गरेका छन् । उनलाई मोडल मीना तामाङले साथ दिएकी छिन ।

 

छेवाङ लामाको निर्देशनमा बनेको ‘सैलुङ पोङ्दी’को म्युजिक भिडियोमा दाजु भाई कम्पनीको छायाँकन र बिजेश पौडेलको सम्पादन रहेको छ ।

 

गीतकार हस्त लामा ‘हार्दिक’ले युवा युवती च्याङ्बा र मैच्याङको भावनालाई रोचक पाराले प्रस्तुत गर्नको साथै थोरै पुर्ख्यौली गाथा र स्थानीय ठाउँको कथालाई शब्दहरुमा उनेका छन् । त्यसैबाट प्रभावित भएर अाफ्नो जन्स्थल पोङ्दीको अन्तराष्ट्रिय रुपमै पहिचान भई पर्यटन विकास होस् भन्ने ध्येयले भिडियोको निर्माणमा हात हालेको निर्माता योन्जनले बताए ।

सम्बन्धित समाचार