पोर्चुगललाई पराजित गर्दै उरुग्वे क्वाटरफाइनलमा, अब फ्रान्ससँग भिड्ने

July 1, 2018

पोर्चुगललाई २-१ ले हराउँदै उरुग्वे क्वाटर फाइनलमा प्रवेश गरेको छ । कभानीले दुई गोल गर्दै उरुग्वेलाई यो यात्रा तय गरेका हुन् । अब उरुग्वे २२ गते फ्रान्ससँग भिड्नेछ ।

फ्रान्स अर्जेन्टिनालाई ४-३ ले पराजित गर्दै आजै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

कभानीले सातौँ मिनेटमा गोल गरी उरुग्वेलाई अग्ता दिलाएको थियो । मध्यान्तरपछि ५५ औँ मिनेटमा पेपेको गोलले पोर्चुगललाई राहत दिएको थियो । तर सात मिनेटमै पुनः कभानीले गोल गरी उरुग्वेको अग्रता कायम राखे ।

सम्बन्धित समाचार