Everest Times

आङ तेन्जिङ स्वीसको पर्यटन दुतमा नियुक्त

काठमाडौ—स्वीजरल्याण्ड निवासी आङ तेन्जिङ शेर्पालाई स्वीजरल्याण्डको लागी नेपालको पर्यटन दुतमा नियुक्त गरेको छ । शेर्पालाई नेपाल पर्यटन बोर्डले गत हप्ता पर्यटन दुतको आधिकारिक पत्र दिइसकेको छ भने सरकारी तर्फबाट यही मार्चको २० तारिख नेपाली दुताबास जेनेभाले पत्र दिने भएको छ । दुई दशकदेखिन स्वीसमा बसोबास गदै आएका उनले शुरुका दिनदेखिन नेपालमा पर्यटन लैजाने देखि नेपालको पर्यटन प्रर्वद्धनमा महत्वपुर्ण भुमिका खेल्दै आएकोले उनलाई पर्यटन दुतमा नियुक्ती गरेको हो । सोलुखुम्बु मेन्दोपाके निवासी शेर्पा शुरुवातका दिनदेखिनै एनआरएनका अभियन्त समेत हुन ।

प्रतिकृया दिनुहोस्