Everest Times

जापानमा भव्य ल्होसार कार्यक्रमको तयारी पुरा


टोकियो — नेपाली शेर्पा समुदायको महान चाड गेल्पो लोसार तथा नव बर्ष ‘ २१४४ मे मो च्या लो ‘ ल्होसारको पावन अवसरमा शेर्पा संघ जापानले भव्यताका साथ ल्होसार कार्यक्रमको आयोजना गर्ने भएको छ । उक्त ल्होसार कार्यक्रम जापानको टोकियोस्थित मन्दिर रेष्टुरेन्टमा यही मार्चको ५ तारिख हुने भएको छ । विहान ११ बजेदेखि वेलुकी ६ बजेसम्म हुन लागेको ल्होसारको सम्पुर्ण तयारी पुरा हुनका साथै ल्होसार कार्यक्रम विभिन्न अनलाइन मिडियाहरुबाट प्रत्यक्ष प्रशारण गर्न लागेको आयोजित पत्रकार सम्मेलनमा जनाएको छ । शेर्पा संघ जापानले सिनाओबु स्थित नेपाली रेष्टुरण्टमा गरेको पत्रकार सम्मेलन मार्फत ग्याल्बो ल्होसार भब्य र भरपुर मनोरन्जनात्मक बनाउन संस्थाले सबै संघ संस्था र सबैलाई पत्रचार गरिएता पनि बिविध कारणबस पत्र नपुगेमा यसैलाई सुचना मानी उपस्थित हुन अनुरोध गरेको छ ।
कार्यक्रममा अमेरिकामा बसोबास गर्दै आएका गायक सोनाम जाङबु शेर्पा ,स्थानीय कलाकारहरु कर्म दोङ ,अस्बीर तामाङ लगयात विभिन्न स्थानीय कलाकारहरुको साथमा शेर्पा जतिको सास्कृति झल्काउने गीत तथा नृत्यहरु र डीजे हुन लागेको आयोजक संस्था शेर्पा संघ जापानका सदस्य फुरलाक्पा शेर्पाले बताए ।

कार्यक्रमको बारेमा थप जानकारीको लागी  090-6040-5696 08013160554 033455-2994 08066278551

प्रतिकृया दिनुहोस्