Everest Times

ल्होसार ल्हाप्सुमा पोर्तुगलबासी शेर्पा समुदाय बौद्ध स्तुपा निर्माणका लागि जुटे ।


पोर्तुगलमा बसोबास गरिरहेका शेर्पा समुदायको साझा सस्था शेर्पा एशोसियशन पोर्तुगलले लोसार लप्सु पुजा भव्य रुपमा सम्पन्न भएको छ । पोर्तुगलको राजधानी लिस्बोनबाट करीब १ सय १५ किलोमिटरको दुरीमा रहेको अत्यन्तै मनोरम स्थलमा अवस्थित थुप्तेन फुञ्छोक गेफेल्लिङ बुद्धिष्ट सेन्टरमा आयोजित लप्सु पुजा बौद्ध धार्मिक परम्परा अनुसार विविवत रुपमा पुजाआज गरी भव्य रुपमा सम्पन्न भएको हो ।
उक्त स्थानमा निर्माणाधिन बौद्ध स्तुपका लागि संकलित सहयोग रकम ७१४,५० यूरो शेर्पा एशोसियशन पोर्तुगलले थुप्तेन फुञ्छोक गेफेल्लिङ बुद्धिष्ट सेन्टरलाई चढाएको छ । शेर्पा लगायत करीब २ सय जनाको उपस्थिति रहेको उक्त लप्सु कार्यक्रममा शेर्पा संघ यूरोपका सल्लाहकार पेम्बा शेर्पा, उपाध्यक्ष पेम्बा छिरी शेर्पा, महासचिव पेम्बा गेलु शेर्पा, सदस्य ङवाङ दावा शेर्पा, शेर्पा एशोसियशन पोर्तुगलका पुर्व अध्यक्ष तथा एन.आर.एन पोर्तुगलका महासचिव, सोमफुरी शेर्पा, पुर्व कोषाध्यक्ष तथा वर्तमान सल्लाहकार तेन्जीङ शेर्पा आदिवासी जनजाति महासंघ पोर्तुगलका सदस्य नुरु जाङबु शेर्पा, तमु समाज पोर्तुगलका अध्यक्ष राजकुमार गुरुङ, तामाङ समाज पोर्तुगलका सल्लाहकार कुमार योञ्जन, किरात समाज पोर्तुगलका अध्यक्ष गणेश याक्खा, हिमालयन शेर्पा सांस्कृतिक केन्ऽ पोर्तुगलमा अध्यक्ष आङ छिरिङ शेर्पा, जनप्रगतिशिल मञ्च पोर्तुगलका कोषाध्यक्ष विनय बुढाथोकी, अन्तराष्ट्रिय म्याग्दी समाज युरोप विभागका सचिव सुर्य भट्टचन, लगायतका महानुभावहरुको समेत उपस्थिती रहेको थियो । लोसारको अवसरमा गत बर्षबाट लप्सु पुजा कार्यक्रम आयोजना गर्न सुरु गरेको थियो ।

गत बर्ष बुद्ध इदन गार्डेनमा आयोजना भएको कार्यक्रमलाई यस बर्ष नयाा ठाउ र विशेष गरी बौद्धमार्गीहरुको धार्मिक स्थलको रुपमा स्थापना हुदै गरेको थुप्तेन फुञ्छोक गेफेल्लिङ बुद्धिष्ट सेन्टरमा आयोजना गरिएको शेर्पा एशोसियशन पोर्तुगलका अध्यक्ष आङ नुरी शेर्पाले बताए । शेर्पा धर्मगुरुहरु र बौद्ध धर्मलाई अनुशरण गर्नुभएको पोर्तुगिज मुलका बौद्ध धर्मगुरुहरुले संयुक्त रुपमा लप्सो कार्यक्रमको पुजापाठ गर्नुभएको थियो । गत बर्ष बुद्ध ईदनमा लप्सु पुजा गर्दा धार्मिक पुजापाठका लागि केही कठिनाई भएको भए पनि यस बर्ष पुजापाठका लागि पनि राम्रो व्यवस्था भएको अनुभव शेर्पा एशोसियशन पोर्तुगलका महासचिव रिञ्जी लामा शेर्पाले सुनाए ।

थुप्तेन फुञ्छोक बुद्धिष्ट सेन्टरमा नै सम्पूर्ण पुजा सामाग्रीहरु उपलब्ध भएकोले यस बर्षको लप्सु पुजा धार्मिक विधिअनुरुप हुन सकेको पनि महासचिव शेर्पाले बताए । राम्रो व्यवस्थापनका साथ सम्पन्न भएको सो लप्सु पुजा कार्यक्रमले नेपालमा शेर्पाहरुको आदिम भुमिमा नै लोसार लप्सु पुजा गरेको महसुस भएको कार्यक्रममा सहभागी अधिकांशले अनुभव सुनाए । त्यसै गरी नेपालबाट आएका बुद्धिष्ट शेर्पाहरुले यहाा आएर यस प्रकारको विशेष महत्वको कार्यक्रम आयोजना गरेकोमा आफुहरु ज्यादै खुशी लागेको सो बुद्धिष्ट सेन्टरका प्रतिनिधिहरुले बताए । ज्यादै उत्साहका साथ लप्सु पुजामा सहभागी भएका उनीहरुले पहिलोपटक पोर्तुगलमा नौलो अनुभव भएको भन्दै बार्षिक रुपमा नै यहाा आउन समेत आग्रह गरेका छन । नेपालमा शेर्पाहरुले मनाउने लोसारलाई पोर्तुगलमा निरन्तरता दिदै मनाउने क्रममा विशेष महत्वका साथ पवित्र स्थान उपलब्ध गराएको थुप्तेन फुञ्छोक गेफेल्लिङ बुद्धिष्ट सेन्टरलाई विशेष धन्यवाद दिदै शेर्पा एशोसियशन पोर्तुगलका अध्यक्ष आङ नुरी शेर्पाले अन्तमा सहभागी शेर्पा लगायत अन्य सबैलाई धन्यवाद दिए । सन २००९ मा शेर्पाहरुको साझा संस्थाको रुपमा स्थापना भएको शेर्पा किदुग पोर्तुगल जुन हालै शेर्पा एशोसियशन पोर्तुगलमा बैधानिक रुपमा रुपान्तरण भएको थियो ।

प्रतिकृया दिनुहोस्