Everest Times

अमेरिकामा नारी दिवस सम्पन्न

आदिवासी जनजाति महिला महासंघ अमेरिकाले मार्च १२ को दिन १०७ औं अन्तरर्णष्ट्रिय नारी दिवसको अवसरमा यस बर्षको अन्तर्राष्ट्रिय ‘बि बोल्ड फर चेन्ज’ अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा संस्थाको सल्लाहकार तथा पूर्ब डिआईजी पार्वती थापा र आन्तरिम संबिधान २०६३ को मस्यौदाकार अधिवक्ता छत्र गुरूङद्वयको बिशेष प्रस्तुति रहेको थियो भने विभिन्न नेपाली समुदायका प्रतिनिधि लगायत सियसडब्लु ६१ सेसनमा भाग लिन नेपालबाट आएका बिभिन्न संघ संस्थाका प्रतिनिधीले समेत आआफ्ना विचार राखेका थिए । सल्लाहकार थापाले आफूले जीवनमा भोगेका अनुभूतिहरू प्रस्तुत गरिन् भने अधिवक्ता गुरूले अमेरिकामा भएका कानुनी बिषयहरूको सन्दर्भमा कसरी महलाहरू सचेत हुने तथा महिलाहरू कानुनी आधारमा कसरी सशक्त हुने भन्ने सन्दर्भमा प्रस्तुति रहेको थियो ।
उक्त अवसरमा शुभकामना मन्तब्य दिंदै आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष लुइसाङ वाइबाले महिलाबिनाको संसार नैकल्पनाभन्दा बाहिर भएकाले ब्यबहरिक जीवनदेखि नै महिलाहरू सशक्त हुनुपर्नेमा जोड दिए । ‘अहिलेको समय सन्दर्भमा महिलाहरू हरेक क्षेत्रमा सशक्त हुन जरूरी छ, चाहे शैक्षिक क्षेत्रमा होस या त राजनीतिक या सामाजिक तककपाइहरू शसक्त हुनुपर्छ भन्ने मेरो मान्यता हो’ उनको भनाइ थियो ।
सोही कार्यक्रममा बोल्दै एनआरएन एनसिसि अमेरिकाकी उपाध्यक्ष बन्दना कोइरालाले महिलालाई समाजमा एउटा भिखारीको रूपमा गेरिने ब्यवहारमा परिवर्तन आउनुपर्ने कूरामा जोड दिइन् । ‘बालकपनदेखि नै कुन कूरो सही हो यात कुन गलत हो भन्ने बिषयमा आफआ निर्णय गर्ने हुनाले म स्वयं आफू सशक्त छु भन्नेमा कुनै दुविधा छैन,’ कोइरालाले भनिन् ।
औपचारिक र अन्तरक्रियात्मक दुइ चरणमा बिभाजन गरिएको उक्त कार्यक्रममा प्रथम चरणको औपचारिक कार्यक्रम संस्थाकी महासचिव बन्दना राइले गरिन् भने दोस्रो चरणको अन्तकक्रियात्मक कार्यक्रम सल्लाकार पूर्ब डिआइजि पार्वती थापाले गरिन् । कार्यक्रममा संस्थाकी उपाध्यक्ष इन्दरा चोङबाङले औपचारिकरूपमा सम्पूर्ण आगन्तुकलाई स्वागत गरिन् ।

अन्तरक्रिया कार्यक्रमकै सवालमा बियोन्ड बेइजिङ नेपालबाट सिएसडब्लु सेसन ६१ का प्रतिनिधि शान्तालश्मी श्रेष्ठले नेपालको नयाँ संबिधानले महिलालाइ पनि आफ्नो सन्तानको नागरिकता दिलाउन नयाँ व्यवस्था महिला आन्दोलनको उपलब्धि भएको बताईन् । ‘अझैपनि महिलाका निम्ति गर्नुपर्ने बिभिन्न बिषय बाकी नै रहेकोले महिलाहरू शसक्त हुन जरूरी छ’, उनको भनाई थियो ।

सोही अवसरमा आयोजक संस्थाले नेपालबाट तथा न्यू हेमसायर राज्यबाट आएका अतिथिलाई खादा ओढाएर सम्मान गरेका थिए । नेपालबाट आउने अन्य प्रतिनिधीहरूमा नेपाल आदिवासी जनजाति महिला महासंघकी अध्यक्ष चिनीमाया माझी, सीता घिमिरे, सन्धया श्रेष्ठ लगायतले कार्यक्रममा आ आफ्ना धारणा ब्यक्त गरेका थिए ।

कार्यक्रमको अन्त्यमा संस्थाकी अध्यक्ष संगिनी राना मगरले बिषयबस्तुमाथि प्रसँग जोड्दै महिला सशक्त हुनको लागि आफूले आफ्नो निम्ति पनि समय दिनुपर्ने धारणा ब्यक्त गरिन् । ‘हामी सधै परिवारको निम्ति सोच्छौ अरूको निम्ति बाँच्छौ तर जहिले आफूलाइ बिर्सन्छौ, महिला सशक्त हुन सँधै आफू के हौ र भबिष्य के हो सोच्नुपर्छ,’ मगरले भनिन् ।

प्रतिकृया दिनुहोस्