माओवादी अध्यक्ष प्रचण्डले भने–चितवनबाट चुनाव लड्छु

September 8, 2017

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनबाट आउँदो संघको निर्वाचनमा उम्मेदवार बन्ने बताएका छन् ।

पार्टीको वीरगञ्जमा सम्पन्न सचिवालय बैठकले आफूलाई चितवनबाट निर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेको अध्यक्ष दाहालले बताए । प्रेस सेन्टर चितवनले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट तथा अन्तक्र्रिया कार्यक्रममा बोल्दै दाहालले जिल्लाको कुन क्षेत्रबाट निर्वाचनमा उठ्ने भन्ने विषयमा टुंगो नलागेको बताए ।

उनले भने, “पार्टीको जिल्ला तहबाट समन्वय गरेर क्षेत्र निर्धारण हुनेछ ।” देशका फरक फरक भूगोल र पृष्ठभूमिको उम्मेदवार बनेर अनुभव संगलेको बताउँदै दाहालले ती अनुभव र चितवनलाई केन्द्रीय राजनीतिमा जोड्नका लागि यहाँबाट निर्वाचन लड्न लागेको बताए ।

सम्बन्धित समाचार