प्रचण्डले पर्खाए मात्र, अाज तय गरिएको भेट हुन सकेन

December 26, 2017

काठमाडौं । पाँच दिने चितवन बसाईपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काठमाडौं फर्केका छन् ।

वाम एकता संयोजन समितिले उनलाई व्यग्रताका साथ पर्खिरहेको थियो । प्रचण्ड आइपुग्नसाथ एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्ने र पार्टी एकता संयोजन समितिको बैठक बस्ने तयारी थियो । तर, प्रचण्ड ३ बजे काठमाडौं विमानस्थलमा ओर्लेर सिधै आफ्नो निवास खुमलटार लागे ।

यति एयरलाइन्सबाट काठमाडौं आइपुगेका प्रचण्ड विमानस्थलबाट सिधै खुमलटारस्थित निवास पुगेका हुन्। त्यसलगत्तै अध्यक्ष प्रचण्डका स्वकीय सचिव जोगबहादुर महराले अाजको भेट स्थगित भएको जानकारी दिए ।

सम्बन्धित समाचार