प्रकाशमानलाई मतदाताको शुभेच्छाः अबको प्रधानमन्त्री तपाईं होस्

November 18, 2017

काठमाडाैं । शनिबार बिहान काठमाडौं क्षेत्र नम्बर १ को वडा ३१ मा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभाका लागि उम्मेदवार रहेका प्रकाशमान सिंहलाई मतदाताले प्रधानमन्त्री बन्न शुभकामना दिए ।

बिहान शंखमुलमा गरिएको घरदैलोमा मतदाताले उनलाई भावी प्रधानमन्त्रीका रुपमा हेर्न चाहेको बताए । घरदैलोको क्रममा सिंहलाई सगुन र मालाले स्वागत गरिएको थियो ।

उक्त क्षेत्रमा विवेकशील साझाबाट रविन्द्र मिश्र र वाम गठबन्धनबाट अनिलकुमार शर्मा प्रतिस्पर्धामा छन् ।

सम्बन्धित समाचार