‘प्रसाद’ मा पत्रकार पौडेलको पटकथा: ‘लिड रोल’मा विपिन कार्की र नम्रता श्रेष्ठ

April 10, 2018

काठमाडौं । रंग पत्रकार सुशील पौडेलको कथा तथा पटकथामा रहेको फिल्म ‘प्रसाद’ बन्ने भएको छ। सोमबार राजधानीको संग्रीला होटलमा फिल्मको औपचारिक घोषणा गरेको हो ।

फिल्मलाई दिनेश राउतले निर्देशन गर्दैछन् भने नम्रता श्रेष्ठ, विपिन कार्की र नविन मानन्धरको शीर्ष अभिनय रहनेछ।

फिल्मकोबारे बोल्दै लेखक पौडेलले आफू कक्षा ९ मा पढ्दै सोचेको विषय कथामा रहेको बताए । भने,’विषय गम्भिर र समाजले सहज रुपमा नस्विकार्ने भएका कारण मैले कसैलाई भनिन । गाली खाने डर पनि थियो। सोही विषयलाई अहिले फिल्मको रुप दिन पाउँदा उत्साहित छु नै साथै फेरी पनि डर लागेको छ ।’

सुवास थापा निर्माता रहेको फिल्मको छायांकन बैशाख पहिलो साताबाट थालिने फिल्म युनिटले जनाएको छ ।

सम्बन्धित समाचार