भलिबल खेलाडी प्रातिभा माली बनिन् साहस स्पोर्ट्सको ब्रान्ड एम्बासडर

August 1, 2017

काठमाडाैं । खेलकुद सम्बन्धी पोसाक उत्पादन गर्ने कम्पनी  साहस स्पोर्ट्सले भलिबल खेलाडी प्रातिभा मालीलाइ अाफ्नो ब्रान्ड एम्बासडर घोषणा गरेको छ ।

मंगलबार राजधानीको दरबारमार्गस्थित रेड कार्पेटमा स्पोर्टस्का अध्यक्ष जनक न्याैपाने र खेलाडी मालीबीच सम्झाैता पत्रमा अादानप्रदानसमेत गरियो ।

राष्ट्रिय भलिबल खेलाडी प्रतिभा मालीले वार्षिक एक लाख ७० हजारको प्रायोजन गरेको न्याैपानेले बताए । माली न्यु डायमन्ड एकेडेमीकी खेलाडी हुन् । उनको क्लब र मालीसँग वार्षिक तीन लाख रूपैयाको प्रायोजन गरेको उनले बताए ।

सम्बन्धित समाचार