राष्ट्रपति भण्डारी स्वदेश फिर्ता, प्रधानमन्त्री देउवाद्वारा स्वागत

June 18, 2017

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारी स्विट्जरल्यान्डको जेनेभामा आयोजित ‘१०६औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलन’अन्तर्गत ‘रोजगारीको विश्व शिखर बैठक’ लाई सम्बोधन गरी स्वदेश फर्किएका छन् ।

राष्ट्रपति भण्डारीलाइ प्रधानमन्त्री शेरबहादुर देउवा, उपराष्ट्रपति नन्दबहादुर पुनलगायतले त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

जेनेभा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय श्रम सङ्गठनका महानिर्देशकको कार्यालयका वरिष्ठ सल्लाहकार सेन्जी ली र एन्टोनेटका साथैसंयुक्त राष्ट्र सङ्घका लागि स्थायी प्रतिनिधि दीपक धिताल र राजदूतावासका वरिष्ठ अधिकृतले बिदाइ गरेका थिए । यसअघि राष्ट्रपति भण्डारीको सम्मानमा स्विट्जरल्यान्डका लागि नेपालका राजदूत धितालले आफ्नै निवासमा रात्रिभोजको आयोजना गरेका थिए ।

सम्बन्धित समाचार