पेसागत हकहितको लागि एकजुट हुनुपर्छ

May 18, 2017

सन्दर्भःप्रेस स्वतन्त्रता दिवस

आङछिरिङ शेर्पा

हरेक वर्ष झै यस वर्ष पनि मे महिनाको पहिलो हप्ता विश्वभर विश्व प्रेस स्वतन्त्र दिवस भव्यताका साथ मनाइरहेको छ । यस अवसरमा विश्वभरिका सम्पूर्ण श्रमजीवी सञ्चारकर्मिहरुलाई प्रेस स्वतन्त्र दिवसको हार्दिक शुभकामना दिन चाहान्छु । यो दिवसले विश्वमा भइरहेको प्रेश स्वतन्त्रता हननको घटनालाई नजिकबाट नियाल्नुको साथै जनतालाई सही सुचना दिने क्रममा जीवन गुमाउने सञ्चारकर्मिहरुको स्मरण गर्दछ । विश्वको विभिन्न मुलुकहरु जस्तै नेपालमा पनि विभिन्न राजनितिक दलहरु र परिवर्तित सरकारको प्रशासनले पटक पटक प्रेश स्वतन्त्र हनन गरेको घटनाहरु धेरै छन । विश्वमा प्रेश स्वतन्त्र हननको नाममा धेरै घटनाहरु भए जस्तै नेपालमा पनि जनआन्दोलन, माओवादी जनयुद्ध र शाही शासनकालमा सुरक्षा निकायले सुचनाको अधिकार खोसेर प्रेशमाथि गरेको घटनाहरु अहिलेसम्म सबै सामु ताजै रहेको छ । एक दशक कान्तिपुर दैनिकमा पत्रकारिताको गर्दा माओवादी जनयुद्धताका माओवादी र सुरक्षा निकाय दुबैतिरबाट धेरै सञ्चारकर्मिले भोग्नु परेको दर्दनाक पिडा नेपाली सञ्चारक्षेत्रकै कठिन र चुनौतिपुर्ण समय थियो । त्यस्तै ज्ञानेन्द्र शाहको शाही शासनकालमा सञ्चारगृहमा सेनाको बन्दुकको अगाडी बसेर समाचार लेख्नु परेको अन्यायपुर्ण दिनलाई नेपाली प्रेश जगतले कालो दिनको रुपमा मान्नुपर्छ ।
कहिले जनयुद्ध त कहिले शाही शासनकाल लगायत विभिन्न अन्यायपुर्ण घटनाहरुमा नेपाली सञ्चारकर्मिहरुले दुख भोग्नु पर्दा नेपाली पत्रकारहरुको पेशागत संगठत नेपाल पत्रकार महासंघ र अन्तराष्ट्रिय पत्रकारहरुको विभिन्न संगठनहरुको साथ र सर्मथनले पिडित सञ्चारकर्मिहरुलाई निकै राहत मिलेको थियो । नेपालमा पटक पटक जनताको सुचनाको अधिकार कुण्ठित गरेको घटनाहरुकै कारण विदेशी मुलुक सामु नेपाल प्रेश स्वतन्त्र हनन गर्ने देशको रुपमा चिनियो । मुलुकमा लामो समयको प्रेश स्वतन्त्रता हननको घटना विस्तारै कम भए लगतै गत दुई वर्ष अघि गएको भुकम्पले नेपाललाई थप आक्रान्त तुल्यायो । भुकम्पकै कारण विभिन्न क्षेत्रहरुमा जस्तै सञ्चार क्षेत्र र सञ्चारकर्मिहरुले पनि निकै दुख भोग्नु प¥यो । अहिलेसम्मको ती विभिन्न घटनाहरुको साथै भुकम्पमा जीवन गुमाउने नेपाली सञ्चारकर्मिहरुलाई यो प्रेश स्वतन्त्रता दिवसको अवसरमा सम्झन चाहान्छु । यो दिवसले उनीहरुले सोचेका नेपाली प्रेशको अवस्थामा आमुल परिवर्तन होस भन्ने कामना गर्दछु ।

सञ्चार जगत राज्यको अभिन्न अंग हो र समाजको ऐना पनि हो भने झै अब समय सापेक्षित रुपमा नेपाली सञ्चारकर्मिहरुले कुनै पनि दलगत, जातीगत, क्षेत्रगत मात्र नभई समग्र नेपाल र नेपालीको हितमा सही सुचना दिई मुलुकको दिर्घाकालिन विकासमा कलम चलाउनु सक्नुपर्छ । अबको पत्रकारिता चाहे स्वदेशमा होस या विदेशमा जहासुकै भएपनि सही सुचनामा आधारित स्वतन्त्र, समाबेसिता र गुणात्माक ढंगको हुनु जरुर भइसकेको छ । सञ्चार कर्मसंगै यस क्षेत्रमा अबद्ध सञ्चारकर्मिहरु आफनो पेशागत हकहितको लागी पनि सस्थागत रुपमा पनि अघि बडनु पर्छ । सञ्चारकर्मिहरुको हितमा नेपालमा पत्रकार महासंघले लामो समयदेखिन पत्रकारको हितमा गरे जस्तै अमेरिकामा क्रियासिल नेपाल अमेरिका पत्रकार संघ नेजाले पनि अमेरिकाबासी नेपाली पत्रकारहरु र नेपाली समुदायको हितमा महत्वपुर्ण भुमिका खेल्नुपर्छ ।
सस्था सबैको साझा हो । कसैले पनि आफनो स्वार्थपुर्तिको लागी मात्र सस्था प्रयोग गर्नुहुदैन । सस्थामा नेतृत्व गर्ने अवसर पाएकोले सवैको भावनालाई बुझेर समयसापेक्षित रुपमा कार्य गर्न सक्नुपर्छ । हामी माझ पछिल्लो समय केही व्यक्तिहरुले सस्थाको नेतृत्वमा जान पाएन भनेर अर्को सस्था खोल्ने जुन चेष्ट गदै आएको छ त्यो बुद्धिमानी होइन । यसले दिर्घाकालिन रुपमा जो कसैलाई पनि फाइदा पु¥याउदैन । आफु हुदा सवै ठिक नहुदा केही होइन भन्ने सोच हामीमा राख्नु हुदैन । सस्थामा जाने मौका पाएन भनेर कुनै पाटी र समुह विशेषको सहयोग लिएर सस्थालाई कमजोर बनाउने कार्य कसैले गर्छ भने त्यो ज्यादै गलत हो । व्यक्तिहरु मिलेर बन्ने सस्थामा व्यक्ति गलत हुन सक्छ तर सस्था कहिल्यै गलत हुदैन । पेशागत हकहितको लागी क्रियासिल सस्थाको हितमा सवै एकजुट हुनुपर्छ । सस्थामा कोहीसग नेतृत्व गर्ने क्षमता छ भने सस्थाभित्र आएर प्रतिष्प्रर्धा गरि नेतृत्व गर्ने शाहस गर्नुपर्छ । अन्तमा विदेशको व्यस्तता वीच चलीरहेको सस्थामा सवैले सकारत्माक सोच लिएमा सवैको हित हुनेछ । आफु भलो त जगत भलो भने झै सक्छ भने सबैले सस्थाको हित र भलो चिताउनेतिर लाग्ने कोशिस गरौ ।
लेखक नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य तथा नेजाका पूर्व अध्यक्ष एवं सल्लाहकार हुन ।

सम्बन्धित समाचार