तीन पत्रकारलाइ आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान

August 11, 2017

काठमाडाैं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले अाफ्नो १८ अाैं स्थापना दिवसको अवसरमा तीनजना पत्रकारलाइ पुरस्कार प्रदान गरेको छ ।

यस वर्षको ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार’ पाउनेमा कान्तिपुर दैनिकका अनलाइन सम्पादक खिम घले, जनविश्वास साप्ताहिकका सञ्जयसन्तोषी राई र रेडियो नेपालका सञ्चारकर्मी रमिता लामा छन् ।

पुरस्कारको राशी जनही २० हजार रुपैयाँ र ताम्रपत्र छ ।

शुक्रबार काठमाडाैंकाे अनामनगरस्थित युनियन हाउसमा राष्ट्रिय अादिवासी जनजाति प्रतिष्ठानका उपाध्यक्ष चन्द्र गुरूङले पुरस्कार प्रदान गरेका हुन् । फोनिजका अध्यक्ष डन्डा गुरूङको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव उजिर मगरलगायत विभिन्न जातजातिका पत्रकार संगठनका प्रमुखहरूको उपस्थिति थियो ।

सम्बन्धित समाचार