बिक्की पुलामीको ‘पुतली’ र ‘किन पोल्छ’ले बजार तताउँदै

August 18, 2018

दर्जन बढी म्युजिक भिडियो निर्देशन गरिसकेका कलाकार/निर्देशक बिक्की पुलामी यस पाली फेरी २ फरक बिधाको म्युजिक भिडियो लिएर बजार तताउँदै छन् ।

हाल उनले “पुतली” नामक म्युजिक भिडियो बजारमा ल्याएका हुन् । शब्द/संगीत/स्वर गायक दिलिप के श्रीसको रहेको उक्त गितको कम्पोज रिकेश गुरुङले गरेका हुन् । ॐ मेगा स्टुडियो, न्यूयोर्कमा तयार पारीयको “पुतली”को भिडियोको कोरियोग्राफ़ी शंकर बिसी, अभिनय पार्वती राइ , दिलिप, सुरेश पुन र सुनिल मगर, छायांकन शम्भु मोक्तान, सम्पादन प्रबिन श्रेष्ठको रहेको भिंडियोंलाईं बिक्की पुलामीले निर्देशन गरेको छ ।

“किन पोल्छ” स्वर/संगीत करण राज़ कार्की, शब्द बबि थापा, ऐरेन्ज बिजेश्वर तन्डुकारको रहेको ‘किन पोल्छ’मा अभिनय रिमा बिश्वकर्मा र रोकेश गुरुङको रहेको उक्त भिंडियोंको छायांकन शम्भु मोक्तान, सम्पादन फ़राज़ अर्पणले गरेको हो भने निर्देशन बिक्की पुलामीले गरेका हुन् ।

सम्बन्धित समाचार