अप्रवासीका समस्याबारे न्युयोर्कका मेयर ब्लाजिओलाई क्विन्स कम्युनिटीको प्रश्न

April 4, 2018

न्युयोर्क । क्विन्सस्थित विभिन्न कम्युनिटीका व्यक्तिहरुले न्युयोर्क सिटिको मेयर बिल दि ब्लाजिओलाई विद्यालय सुरक्षा लगायतका विभिन्न विषयहरुमा प्रश्न गरेका छन् । ६ सय जना सहाभागी टाउनहाल मिटिङमा कम्युनिटीका व्यक्तिहरुले करिब दुई घण्टासम्म विभिन्न क्षेत्रमा आफुहरुले भोग्नु परेका समस्याहरुलाई लिएर प्रश्न र प्रस्ताव राखेका थिए ।

ज्याक्सन हाइटको एटिटुस्थित पुलिटजार मिडल स्कुलमा भएको टाउनहल मिटिङमा सहाभागीले मेयर ब्लाजिओलाई प्रत्यक्ष रुपमा प्रश्नहरु राखेका थिए । अधिकांश सहाभागीले क्विन्समा बढ्दो भवनहरुसँगै दिनहु भाडाहरु महँगिएको र साना व्यवसायीहरुलाई चलिरहेको व्यवसाय धन्न कठिन भएको चिन्ता व्यक्त गरेका थिए ।

त्यस्तै इमिग्रेसन सुधारको क्रममा अप्रवासीहरुले भोग्नु परेका विभिन्न समस्याहरुकोबारेमा मेयर ब्लाजिओलाई प्रश्न गरेका थिए । त्यस्तै नेपाली समूदायबाट अधिकारको प्रतिनिधिले टिपिएस नवीकरण नभए मेयर कार्यालयको तर्फबाट आप्रवासीहरुलाई के सहयोग गर्न सकिन्छ भनी प्रश्न राखेका थिए । शिक्षा, स्वस्थ्य, सुरक्षा, रियल स्टेट लगायतका विभिन्न क्षेत्रमा क्विन्सवासीले भोग्नु परेको बारेमा सहाभागीले मेयरसमक्ष प्रश्न राखेका थिए ।

सहाभागीले राखेको उक्त प्रश्नको जवाफमा मेयर ब्लाजिओले न्युयोर्क सिटीले विद्यालय, स्वास्थ्यलगायतको विभिन्न क्षेत्रमा जनताको भावना अनुरुप कार्य गदै आइरहेको जानकारी दिएका थिए । कार्यक्रममा सहाभागीलाई स्पेनिस, चाइनिज, कोरियन, जापानिज, बंगाली र नेपाली लगायत दर्जनौ बढी भाषीहरुलाई सजिलै बुझ्नका लागि अनुवादक समेत राखेका थिए । काउन्सिल मेम्बर डेनियल ड्रम र क्वीन्सबोरो प्रिसेडेन्ट मेलिन्दा कार्जको सहकार्यमा भएको कार्यक्रममा मेयर ब्लाजिओसँगै सिटीमा आबद्ध विभिन्न क्षेत्रका व्यक्तित्वको उपस्थिति थियो ।

सम्बन्धित समाचार